काठमाडौं महानगरको २२ वटा वडाको परिणाम सार्वजनिक: १४ कांग्रेस, ८ मा एमाले

काठमाडौं महानगरको २२ वटा वडाको परिणाम सार्वजनिक: १४ कांग्रेस, ८ मा एमाले

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १०, २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ३२ वटा वडामध्ये हालसम्म २२ वटामा मतगणना सम्पन्न भएको छ । 

निर्वाचन आयोगका अनुसार मतगणना सकिएका मध्ये १४ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । यस्तै, ८ वटा वडामा नेकपा एमालेका उम्मेदवारले वडा अध्यक्षमा विजय प्राप्त गरेका छन् । 

काठमाडौं महानगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिएको छ । 

मतगणना सकिएका मध्ये वडा नं. ६, ७, ८, ९, १०, ११, १२, २४, २५, २६, २७, २८, २९ र ३० मा कांग्रेसका उम्मेदवारले वडा अध्यक्ष जितेका छन् । 

एमालेका उम्मेदवारले वडा नं. १, २, ३, ४, ५, २३, ३१ र ३२ को वडा अध्यक्षमा जितेका छन् ।