आजतकको पोस्ट पोल सर्वेक्षण नतिजा नजिक

आजतकको पोस्ट पोल सर्वेक्षण नतिजा नजिक

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ९, २०७६

काठमाडौं । लोकसभा चुनावपछि गरिएका पोस्ट पोल सर्वेक्षणमध्ये भारतीय न्युज टेलिभिजन च्यानल आजतकको सर्वे नतिजा नजिक देखिएको छ ।

अहिलेसम्म जारी मतगणनाको परिणाम अनुसार आजतकको सर्वेक्षण नतिजा नजिक देखिएको हो ।

आजतकका अनुसार अहिलेसम्म भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले ५ सिटमा जित र ३४४ सिटमा अग्रता लिएको छ । यस्तै, कांग्रेसले ८४ र अन्यले १०९ सिटमा अग्रता लिएका छन् । कांग्रेसले अहिलेसम्म खाता खोल्न सकेको छैन ।

आजतकले भाजपाले ३३९–३६५ सिट जित्ने प्रक्षेपण गरेको थियो । यस्तै, कांग्रेसले ७७–१०८ र अन्यले ६९–९५ सिट जित्ने आँकलन गरिएको थियो ।