'रोल अफ एकेडेमिया फर सेफर मोबिलीटि'  नामक गोलमेच बैठक कीर्तिपुरमा

'रोल अफ एकेडेमिया फर सेफर मोबिलीटि'  नामक गोलमेच बैठक कीर्तिपुरमा

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ ११, २०७९

काठमाडौँ । केन्द्रीय जनसंख्या अध्ययन विभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा 'रोल अफ एकेडेमिया फर सेफर मोबिलीटि'  नामक  गोलमेच बैठक मे २३ मा सम्पन्न भयो ।

त्रिविका रेक्टर शिव लाल भुसालको उपस्थिती  र केन्द्रीय जनसंख्या अध्ययन विभागका प्रमुख योगेन्द्र बहादुर गुरुङ्गको अध्यक्षता सम्पन्न  भएको सो कार्यक्रममा पद्मकन्या क्याम्पसकी सहप्राध्यापक तथा नासा फाउन्डेसनकी संयोजक भगवती सेडाइले सेफर मोबिलीटिमा एकेडेमियाको महत्व बारे कन्सेप्ट नोट दिनुभएको थियो । 

कार्यक्रममा सडक दुर्घटना, घाइते र मृत्युको वर्तमान अवस्था, न्यूनीकरण उपायहरू, डाटा ड्राइभन हस्तक्षेपहरूको उदाहरण र प्रभाव, गुणस्तरीय हेल्मेटको महत्व, सडक सुरक्षा अभिवृद्धि गर्न शैक्षिक  तथा अनुसन्धानात्मक संस्थाको भूमिका बारेमा छलफल भएको थियो ।  

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा पवन शर्मा, स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रकी ईशा थापा, धुलिखेल हस्पतालका सहप्रध्यापक डा सानु कृष्ण श्रेष्ठ र नेपाल नर्सिङ काउन्सीलकी रजिष्टार बिन्दा घिमिरले सडक ट्राफिक दुर्घटना र मृत्युलाई कम गर्न व्यवहार परिवर्तन सम्बन्धी चेतना आवश्यक रहेको र दुर्घटना पश्चातको उद्धार, उपचार र पुनस्र्थापनामा दु्रत सेवा जरुरी भएको र सम्पुर्ण स्वास्थ्य संस्थाको एकताको आवश्यकता उल्लेख गरे  ।

साथै नेपाल स्वास्थ्य अनुसन्धान परिषदका जोट नारायण पटेल, सुदूरपश्चिम विश्वविद्यालयका  सह प्रध्यापक दिपक चन्द्र भट्ट, सङकरदेव  क्यापसकी साहयक  क्यापस प्रमुख मिखा श्रेष्ठ ले सडक सुरक्षा सम्बन्धी पाठ्यक्रम आवश्यक रहेको र सडक दुर्घटना न्यूनीकरणका लागि नासा नेपालसंग साझेदारी  गर्नु पर्ने कुरा व्यक्त गरे । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)की कविता पाण्डे, साइकलिस्ट अभियान्ता डा तारा लाल श्रेष्ठ , काठमाडौ शिक्षा क्यापसकील सुजना श्रेष्ठ , पाटन बहुमुखी क्याम्पसका दिपेन्द्र सिजापति, भक्तपुर बहुमुखी क्याम्पसकी लक्ष्मी बस्याल , रत्न राज्य क्याम्पसकी रिता कार्की लगायत विभिन्न विज्ञहरुले अध्ययन, अनुसन्धान र नीतिगत हस्तक्षेप गर्नुपर्ने धारणा व्यक्त गरे ।

नासा नेपाल, स्वतन्त्र अभियान नेपाल, नासा फाउन्डेसनद्वारा संचालित सो कार्यक्रममा मोटर सइक्लिङ सुरक्षाको लागि सुरक्षित हेल्मेट, सडक सुरक्षा सांकेतिक रुपमा सुरक्षित हेल्मेटको वारेमा ज्ञान दिलाउनका लागि एफआईए हेल्मेट वितरण गरिएको थियो ।

सेफर  मोबिलिटिको निम्ती शैक्षिक  तथा अनुसन्धानात्मक संस्थाले ग्लोबल एलान्यस र नासा नेपालसँग साझेदारी गर्ने गरी बैठक बाट ७ सदस्यीय टिमको गठन पनि भयो ।