कांग्रेस शिहोर जिल्ला अध्यक्षको हर्ट अट्याकबाट निधन

कांग्रेस शिहोर जिल्ला अध्यक्षको हर्ट अट्याकबाट निधन

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ९, २०७६

काठमाडौं । लोकसभा चुनावअन्तर्गत मतगणना जारी रहँदा कांग्रेसका मध्यप्रदेश शिहोर जिल्ला अध्यक्ष रतनसिंह ठाकुरको हर्ट अट्याकबाट ज्यान गएको छ ।

मतगणनाको प्रारम्भिक नतिजा सुनिरहेको अवस्थामा हर्ट अट्याक आएपछि अस्पताल पुर्याउँदै गर्दा उनको ज्यान गएको हो ।

जारी मतगणना अनुसार कांग्रेस नेतृत्वको युपिए गठबन्धनले ९२ सिटमा अग्रता गरिरहेको भारतीय टेलिभिजन च्यानल आजतकले जनाएको छ ।