राहदानी विभागले आइतबार पनि सेवा दिने

राहदानी विभागले आइतबार पनि सेवा दिने

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १२, २०७९

परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आइतबार पनि सेवाग्राहीलाई सेवा प्रदान गर्ने भएको छ । 

विभागले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । 

सरकारले १ जेठदेखि साको २ दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको थियो । 

साताको २ दिन सार्वजनिक बिदा दिँदा राहदानी लिन आउनेको चाप बढेपछि विभागले आइतबार पनि सेवा प्रदान गर्ने निर्णय गरेको हो । 

विभागका अनुसार आइतबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सेवा प्रदान गरिने जनाएको छ ।