केपी ओलिद्वारा मोदीलाई बधाई

केपी ओलिद्वारा मोदीलाई बधाई

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ९, २०७६

प्रधानमन्त्री केपी ओलीले भारतमा भैरहेको चुनावी मतगणनामा भाजपा गठवन्धनले स्पष्ट बहुमत हासिल गर्ने सम्भावना देखिएपछि नरेन्द्र मोदीलाई ट्वीट गर्दै वधाई दिएका छन् । ट्वीटमा उनले आगामी दिनमा सँगै काम गर्न इच्छुक रहेको बताएका छन् । 
 
भारतको लोकसभा निर्वाचनको जारी मतगणनामा भाजपा गठवन्धनले स्पष्ट बहुमत हासिल गर्ने सम्भावना देखिएको छ । हाल जारी ५४३ सिटको मतगणना भाजपा गठवन्धन ३४५ सिटमा अघि देखिएको छ । यो परिणामले नरेन्द्र मोदी पुनः एकपटक भारतको प्रधानमन्त्री हुने देखाएको छ । कांग्रेस गठवन्धन ८७ तथा अन्य १०५ स्थानमा अघि देखिएका छन् ।