टिम खरिद गर्न क्यानको टेन्डर आह्वान

टिम खरिद गर्न क्यानको टेन्डर आह्वान

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ १३, २०७९

नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो आधिकारिक क्रिकेट लिग नेपाल टी- २० को टिम खरिदका लागि टेन्डर आह्वान गरेको छ ।

क्यानले यसअघि नै लिग खेल्ने ६ वटा टिमको नाम टुंगाे लगाइसकेको छ । यसैको स्वामित्वका लागि क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै टिम खरिदका लागि टेन्डर आह्वान गरेको हो ।

८ असोजदेखि ५ कात्तिकसम्म हुने प्रतियोगिताका लागि क्यानले टिमको नाम विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न राखेको छ ।

प्रतियोगितासँगै क्यानले नेपालमा संचालनमा आएका ३ फ्रेन्चाइज लिगको राष्ट्रिय मान्यता खारेज गरेको छ । यससँगै क्यानले यी लिगलाई प्रादेशिक संरचनामा गए मान्यता दिने बताएको छ । क्यानको यो निर्णयसँगै एभरेस्ट प्रिमियर लिग (ईपीएल) तथा त्यससँग सम्बन्धित क्लबहरू भने सर्वाेच्च अदालतको ढोका ढकढक्याउन पुगेका छन् ।