लोकसभा चुनाव मतगणना : गान्धीनगरमा शाहको ४ लाख ५० हजारभन्दा बढीको अग्रता

लोकसभा चुनाव मतगणना : गान्धीनगरमा शाहको ४ लाख ५० हजारभन्दा बढीको अग्रता

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ९, २०७६

काठमाडौं । लोकसभा चुनावअन्तर्गत जारी मतगणनामा भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाहले फराकिलो अग्रता कायम गरेका छन् ।

भारतीय न्युज टेलिभिजन आजतकका अनुसार शाह गान्धीनगर सिटमा आफ्ना प्रतिद्वन्द्वीभन्दा ४ लाख ५० हजारभन्दा बढी मतले अगाडि छन् ।

आजतकका अनुसार भाजपा नेतृत्वको एनडिए गठबन्धनले ३४६ सिटमा अग्रता कायम गरेको छ भने ५ सिटमा जितेको छ ।