मतगणना सँगै मोदीको ट्वीट, देशवासीका नाममा सम्वोधन गर्ने

मतगणना सँगै मोदीको ट्वीट, देशवासीका नाममा सम्वोधन गर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ९, २०७६

भारतीय लोकसभा निर्वाचनको मतगणनामा भाजपा गठवन्धन स्पष्ट बहुमततिर देखिएको छ । ५४२ सिटको लोकसभा निर्वाचनमा भाजपा ३५० सिटमा अघि देखिएको छ । यो परिणामले नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने स्पष्ट देखिएको छ । 

पुनः प्रधानमन्त्री बन्ने देखिएपछि नरेन्द्र मोदीले, ‘सबका साथ + सबका विकास + सबका विश्वास = विजयी भारत’ भन्ने ट्वीट गरेका छन् । यसले भारतको विकासमा चुनाव पछि सबै एकसाथ रहनुपर्छ भनेर उनले सकारात्मक सन्देश समेत प्रवाहित गरेका छन् ।  

यसैगरि प्राप्त पछिल्लो समाचार अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ ६ बजे देशवासीका नाममा सम्वोधन गर्ने भएका छन् । भाजपाले आउँदो २६ मे मा नयाँ सरकार गठन गर्ने दावी पेश गर्नेछ । 
भाजपाको प्रचण्ड जितमा जम्मु काश्मिरका पूर्व मुख्यमन्त्री उमर अबदुल्लाले शानदार जितका लागि नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहलाई वधाई दिएका छन् ।