तारा एयरको विमान दुर्घटना : १४ जनाको शव फेला, पहिचान हुन बाँकी

तारा एयरको विमान दुर्घटना : १४ जनाको शव फेला, पहिचान हुन बाँकी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १६, २०७९

नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ ।

प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ । विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन । 

नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् । 

प्राधिकरणले एयर डाइनेष्टी, कैलाश हेलिकोप्टर र फिस्टेल एयरको हेलिकोप्टर विमान दुर्घटना भएको स्थलमा अवतरण गरेर उद्धार कार्य भइरहेको जानकारी पनि दिएको छ । 

विमान दुर्घटना मुस्ताङको थासाङ गाउँपालिका- २ को सानुसरे भन्ने ठाउँमा हिजो बिहान भएको हो ।