'आफूले ६ पटक निजगढ विमानस्थल निरीक्षण गरेको छु, त्यहाँ जंगल नै छैन'

'आफूले ६ पटक निजगढ विमानस्थल निरीक्षण गरेको छु, त्यहाँ जंगल नै छैन'

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १६, २०७९

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले राज्यका कुनैपनि निकाय विकासको बाधक नभएर सहयोगी हुनुपर्ने बताउनु भएको छ ।

सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उहाँले त्यस्तो बताउनु भएको हो ।  केही दिनअघि सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने फैसला गरेको फैसलाप्रति आफू  स्तब्ध भएको भन्दै बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताउनु भएको छ ।

सर्वोच्चको फैसलाबाट जे आयो, त्यो विकासको बाधक भएको भन्दै अध्यक्ष नेपालले भन्नुभयो ‘सर्वोच्च अदालत विकासको सहयोगी हुनुपर्छ राज्यका कुनैपनि निकाय, बाधक हुने होइन ।’

 त्यहाँको वस्तुस्थितिबारे जानकारी नै नभइकन ‘बनाउन हुँदैन’ भनेर निर्णय गरिएको टिप्पणी गर्दै  अध्यक्ष नेपालले  ‘जुन ठाउँमा सोचिएको छ, त्यहाँ बनाउनु हुँदैन भन्ने निर्णय नै यथार्थ स्थितिको जानकारी नभइकन गरिएको छ ।’

अध्यक्ष नेपालले आफूले ६ पटक निजगढ बिमानस्थल निरीक्षण गरेको छु त्यहाँ जंगल नै छैन त्यसो भए वन विनास भैरहेको कसरी छ ? पोखराको भैरहवा एयरपोर्टले काठमाडौंको विकल्प दिन नसक्ने उहाँको भनाइ छ ।

 निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको भन्दै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ढिला भइसकेको बताउनु  भयो ।