पाँचथरको फालेलुङमा स्वास्थ्य शिबिर: ३ सय बढी लाभान्वित

पाँचथरको फालेलुङमा स्वास्थ्य शिबिर: ३ सय बढी लाभान्वित

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ १६, २०७९

पाँचथर । पाँचथरको फालेलुङ गाँउपालिका ३ स्थित नाम्लुवा भञ्ज्याङको मेमेङ स्वास्थ्य चौकीमा भएको स्वास्थ्य शिविरबाट ३ सय वढी लाभान्वित भएका छन्  । 

पाँचथर स्थित गणेशमान सिंह सामुदायिक हस्पिटल फिदिमको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा ३ सय १४ जनाको स्वास्थ्य परीक्षण गरिएको अस्पतालका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनुभएको छ ।

शिविरमा हाडजोर्नी, नशा तथा बाथरोग सम्बन्धि बिशेषज्ञ सेवा, आँखा जाँच, मुख तथा दन्त रोग सम्बन्धी जाँच, निःशुल्क भिडियो एक्सरे, इसीजी सेवा, निःशुल्क रगत तथा पिसाबको परीक्षण र निःशुल्क औषधी बितरण गरिएको थियो ।

शिविरबाट एक सय ५० भन्दा बढीले हाडजोर्नी, नशा तथा बाथरोग सम्बन्धि बिशेषज्ञ सेवा पाएको विशेषज्ञ डाक्टर रुपेश मान शेरचनले बताउनु भयो  ।

आँखा उपचारका लागि फिदिम आँखा उपचार केन्द्रले सहयोग गरेको  थियो । झण्डै सय जनाले आँखा उपचार गराएको बताईएको छ । त्यस्तै गरी दाँतको उपचारका लागि मानव डेन्टल हस्पिटल फिदिमले सहयोग गरेको थियो  । दाँतको उपचार गराउनेको संख्या पनि उल्लेख्य भएको बताइएको छ । शिविर फालेलुङ गाँउ पालिकासँगको समन्वयमा पूर्वेली युवा समूह फालेलुङ ३ ले संयोजन गरेको हो ।