वीरगञ्जको रुंगटा मलमा मेगा बैंक

वीरगञ्जको रुंगटा मलमा मेगा बैंक

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ १६, २०७९

पर्सा। वीरगञ्जको रुंगटा मलमा मेगा बैंक नेपाल लिमिटेडको शाखा स्थापना भएको छ । 

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले एक समारोहबीच नयाँ कार्यालयको उद्घाटन गर्नुभयो । यसअघि आदर्श नगरमै रहेको शाखा रुंगटा मलमा स्थानान्तरण गरिएको हो ।

मेगा बैंकका अध्यक्ष शाहले मेगा बैंकले अत्याधुनिक बैंकिङ सेवाका साथै छिटो, छरितो र प्रभावकारी ढंगले सेवा प्रवाह गरिरहेको बताउनुभयो । औद्योगिक नगरी वीरगञ्जलाई मेगा बैंकले सँधै प्राथमिकता दिएको बताउँदै अध्यक्ष शाहले युवा उद्यमी, निर्यातमुखी कृषि तथा निर्यातमुखी व्यवसायलाई मेगा बैंकले प्राथमिकता र प्रोत्साहन गरिरहेको बताउनुभयो ।