गरिमा विकास बैंक:जिल्ला प्रहरी कार्यालय स्याङजालाई २७२ थान रात्रीकालीन सुरक्षा बेल्ट हस्तान्तरण

गरिमा विकास बैंक:जिल्ला प्रहरी कार्यालय स्याङजालाई २७२ थान रात्रीकालीन सुरक्षा बेल्ट हस्तान्तरण

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ १७, २०७९

स्याङजा । गरिमा विकास बैंकले  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, स्याङजालाई रात्रीकालिन सुरक्षा बेल्ट हस्तान्तरण गरेको  बैंकले जनाएको छ । 

बैंकले दिएको जानकारी अनुसार  सदैव संस्थागत सामाजिक उत्तर दायित्वलाई प्राथमिकताका साथ आत्मसाथ गरि, समाजको विकास र स्तरोन्नतीका लागि निरन्तर काम गर्दै आईरहेको छ ।

हरेक बर्ष विभिन्न सामाजिक उत्तरदायित्वको काम गर्दै आईरहेको यस विकास बैंकले गणतन्त्र दिवसको अवसर पारेर स्याङ्जामा रात्रीकालिन अवस्थामा खटिने ट्राफिक प्रहरीहरूका लागि अत्यन्त आवश्यक रात्रीकालिन सुरक्षा बेल्ट जिल्ला प्रहरी कार्यालय, स्याङजालाई हस्तान्तरण गरेको हो ।

यस बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले २७२ थान रात्रीकालिन सुरक्षा बेल्ट जिल्ला प्रहरी कार्यालय, स्याङजालाई हस्तान्तरण गर्नुभएको हो । 

हाल, गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं सुरक्षित सेवा प्रदान गर्दै आईरहेको छ ।