अमेठीमा पराजय पछि राहुलको पत्रकार सम्मेलन

अमेठीमा पराजय पछि राहुलको पत्रकार सम्मेलन

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ९, २०७६

नयाँ दिल्ली । निर्वाचनमा पराजय भएपछि कांग्रेस अध्यक्ष राहुल गान्धीले पत्रकार सम्मेलन गरेका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जितको बधाई पनि दिएका छन् ।

पत्रकार सम्मेलनमा उनले जनतालाई सर्वोपरि भन्दै चुनाव परिणामलाई स्वीकार गरेका छन् ।

अति छोटो उक्त भेटघाटमा उनले ‘आजको दिन विस्तृत चर्चा गर्ने दिन होइन भन्दै यस विषयमा आफ्नो पार्टीमा छलफल उपरान्त चर्चा गर्ने बताए ।’

अमेठीमा भाजपाकी स्मृति इरानीसँग भएको आफ्नो पराजय पछि हाँस्दै उनले इरानीलाई जितको बधाई पनि दिए ।