प्रतिनिधिसभामा बजेटमाथि सैद्धान्तिक छलफल सुरु

प्रतिनिधिसभामा बजेटमाथि सैद्धान्तिक छलफल सुरु

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ १७, २०७९

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

सो छलफल र त्यसमा उठेका प्रश्नमा अर्थमन्त्रीको जबाफका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही १७, १८ र १९ जेठको समय तोकेका छन् । संवैधानिक व्यवस्थानुसार हरेक वर्षको १५ जेठमा संसद्‌मा बजेट प्रस्तुत गरिन्छ ।