आईजीपी बढुवाविरुद्धको सुनुवाइ आज

आईजीपी बढुवाविरुद्धको सुनुवाइ आज

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १७, २०७९

सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक बढुवाविरुद्धको सुनुवाइ आजदेखि हुने भएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गत २२ वैशाखको मुद्दाको अन्तिम सुनुवाइ आजबाट हुने आदेश दिएको थियोे । उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जबाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र सो मिति सार्न नपाइने उल्लेख थियो । सोही आदेशअनुसार आजदेखि उक्त विवादमा अन्तिम सुनुवाइ हुन लागेको हो ।

सरकारले आईजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआईजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले तेस्रो वरीयताका व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।