‘कबड्डी- ४’ की नायिकाविरुद्ध प्रदर्शन, सार्वजनिक माफी माग्नुपर्ने माग

‘कबड्डी- ४’ की नायिकाविरुद्ध प्रदर्शन, सार्वजनिक माफी माग्नुपर्ने माग

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  जेठ १७, २०७९

‘कबड्डी- ४’ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन सुरु भएको छ । चाबहिलस्थित केएल टावर नजिकै प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले नायिका मगरले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् । 

उनीहरूले चलचित्र ‘कबड्डी- ४’ को पोस्टरसमेत जलाएका थिए । मिरुनाले आफूमाथि 'ब्याड टच' गरेको भन्दै एक जना बौद्ध भिक्षु फुर्वा लामालाई झापड हानेकी थिइन् । उनले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीको जिम्मा लगाएकी थिइन् । 

प्रहरी हिरासतमा रहेका लामालाई प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ । बिनाकारण भिक्षुलाई फसाएको भन्दै युवाहरूले प्रदर्शन गरेका हुन् । उनलाई छुटाउने विषयमा प्रहरीसँग विभिन्न संघसंस्थाले छलफल गरिरहेका छन् । 

यता, चलचित्रका निर्देशक रामबाबु गुरूङले घटनाबारे बुझ्ने काम भइरहेको बताएका छन् । ‘तपाईंहरूबाट नै मैले पनि थाहा पाएको छु । नायिकासँग सम्पर्क भएको छैन । यस विषयमा दुवै पक्षको कुरा सुनेर मात्र हामी अगाडि बढ्छौँ’, गुरुङले भने । 

उक्त विवादलाई लिएर चलचित्र नै बहिस्कार गर्नुपर्छ भन्ने विषय गलत भएको उनको भनाइ छ ।