स्कटल्यान्डमा हुने त्रिकोणात्मक शृंखलाको तालिका सार्वजनिक

स्कटल्यान्डमा हुने त्रिकोणात्मक शृंखलाको तालिका सार्वजनिक

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ १७, २०७९

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गत स्कटल्यान्डमा हुने तय भएको त्रिकोणात्मक एक दिवसीय शृ‌ंखलाको खेल तालिका सार्वजनिक भएको छ । 

आईसीसीले नेपाल, स्कटल्यान्ड र नामिबियाबीच हुने त्रिकोणात्मक शृंखला जुलाईमा गर्ने पक्का गरेको हो । तालिकाअनुसार नेपालले पहिलो खेल ११ जुलाईमा नामिबियासँग खेल्नेछ । दोस्रो खेल स्कटल्यान्डविरुद्ध १३ जुलाईमा हुनेछ । 

यस्तै, तेस्रो खेल १६ जुलाईमा नामिबियाविरुद्ध खेल्दा १७ जुलाईमा स्कटल्यान्डविरुद्ध खेल्ने तालिका छ । हाल नेपाली टिम लिग- २ अन्तर्गत शृंखलाको लागि अमेरिका भ्रमणमा छ, जहाँ नेपालले आयोजक अमेरिकासँगै ओमानसँग खेल्नेछ । 

लिग- २ को अंक तालिकामा १२ खेल खेलेको नेपाल छैटौँ स्थानमा छ । नेपालले ६ जित र ६ खेलमा हार बेहोरेको छ ।