काँग्रेसको परम्परागत सिट अमेठीमा राहुलको हार

काँग्रेसको परम्परागत सिट अमेठीमा राहुलको हार

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ९, २०७६

भारतमा सम्पन्न लोकसभा निर्वाचनको मत परिणाम सार्वजनिक भइरहँदा काँग्रेस अध्यक्ष राहुल गान्धीले गान्धी परिवारको परम्परागत सिट अमेठीबाट चुनाव हारेको पत्रकार सम्मेलन मार्फत स्वीकार गरेका छन् ।

मत परिणाम औपचारिक घोषणा हुनुपूर्व पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गान्धीले भाजपाका स्मृती इरानीलाई बधाई समेत दिए ।
भारत स्वतन्त्र भएपछिको काँग्रेसको विरासतका रुपमा रहेको अमेठीबाट अध्यक्ष गान्धीले हार्नुलाई उत्तर प्रदेशमा काँग्रेसका लागि ठूलो चुनौति थपिने निश्चित छ ।