हत्या चुनाव सम्बन्धी विवादमा ! 'बलात्कारीको प्रतिकारमा मृत्यु' मा मोड्ने प्रयास ?

हत्या अनुसन्धान गर्न बारामा सर्वपक्षीय दबाव

हत्या चुनाव सम्बन्धी विवादमा ! 'बलात्कारीको प्रतिकारमा मृत्यु' मा मोड्ने प्रयास ?

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १८, २०७९

बारा । चुनाव सम्बन्धी विवादमा भएकाे हत्यालाई नाबालक केटीलाई बलात्कार गरेको र बलात्कृत केटीले प्रतिकार गर्ने क्रममा बियरको बोतलले हान्दा मृत्यू भएकाे भनी घट्नालाई ढाकछोप गर्न प्रहरी लागेको मृतकका आफन्तले आरोप लगाएका छन् ।

२०७९ बैशाख ३० गते एकाबिहानै ३ बजे जितपुरसिमरा उपमहानगर पालिका  वडा नम्बर ६ का ३८ वर्षीय राकेश भक्त पौडेलको  चुनाव सम्बन्धी विवादमा भएकाे हत्या भएको  थियो ।  

चुनाव सम्बन्धी विवादमा हत्या भएकाे यथार्थ हुँदा हुँदै पनि मृतका पिता चिरञ्जिवी भक्त पौडेलले किटानी जाहेरीमा उल्लेखित व्यक्तिहरुले भने नाबालक केटीलाई बलात्कार गरेको र केटीले प्रतिकार गर्ने क्रममा बियरको बोतलले हान्दा मृत्यू भएकाे भनि घट्नालाई अनेत्र मोड्न खोजे पछि हत्या अनुसन्धानमा ढिलाइ गरेको भन्दै जितपुरसिमरा उपमहानगर पालिकाका स्थानीयले मंगलबारदेखि  अनुसन्धान छिटो गर्न प्रहरीलाई दबाव दिन थालेका छन् । 

मृतका पिता  पौडेल जितपुरसिमरा उपमहानगर पालिका  वडा नम्बर ६का चित्रबहादुर क्षेत्री, सन्तोष खत्री, उद्धव अधिकारी. खगेन्द्र थापा, केबी रिजाल दलबहादुर क्षेत्री, खड्ग बहादुर खत्री  लगाएतका ब्यक्तिको नाममा किटानी जाहेरी दिएका छन् ।  

पौडेलले  दिएको किटानी जाहेरी यस्ताे छ 

 

घटना भएकाे १४ दिन अर्थात् २०७९ जेठ १२ गते सम्म पनि प्रहरीले खासै अनुसन्धान  प्रकृया अगाडि नबढाए पछि २०७९ जेठ १२ गते गृह मन्त्री बालकृष्ण खाँड समक्ष ' हत्या सम्बन्धी अनुसन्धानको कार्य उपयुक्त किसिमले गर्नको लागि आदेश गरी पाउँ' भनी निवेदन नै दर्ता गराउनु भएकाे छ ।

गृह मन्त्रालयमा दर्ता गरेकाे निवेदन यस्तो छ ।   

किटानी जाहेरी र गृह मन्त्रालयमा  दिएको  निवेदन दिँदा पनि अनुसन्धान प्रभावकारी नभए पछि  निर्वाचित उपमहानगरको प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी, शिक्षकसहितको टोलीले हत्याको १९ दिनपछि दोषीलाई कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय, सिमरामा ध्यानाकर्षण गराउन गएका थिए । 

अनुसन्धान ढिलो मात्र होइन अनेत्र मोड्नमा  प्रहरीलाई दबाव र प्रभावमा परेको स्थानीयको आरोप लगाएका छन् । आक्रोशित स्थानीयले प्रहरी कार्यालय घेराउ, राजमार्गमा चक्काजाम गर्ने स्थिति बनेपछि राजनीतिक दलको सक्रियतामा सर्वपक्षीय र सर्वदलीय समिति समेत बनाइएको छ ।

सर्वपक्षीय र सर्वदलीय बैठकका सहभागीले प्रहरीले अनुसन्धानमा तदारुकता नदेखाएको प्रति गम्भीर आशंका उत्पन्न गरेको निश्कर्ष समेत निकालेको छ ।  प्रहरीले अनुसन्धान ढिलै थाले पनि सत्यतथ्य छिटो सार्वजनिक गर्न जनप्रतिनिधिहरूले माग समेत गरिएकाे छ । 

स्थानीयको ठुलै दबाव बढ्न थालेपछि प्रहरीले पौडेलको हत्या आरोपमा ८ जनालाई पटक–पटक गरी पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ

पक्राउ पर्नेहरुमा १६ वर्षीया किशोरी सहित चित्रबहादुर खतिवडा, सन्तोष खत्री, उद्धव अधिकारी, खगेन्द्र रिजाल रहेको इलाका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका छन् 

वैशाख ३० मा नेकपा (माओवादी केन्द्र) को तर्फबाट वडा ६ को वडा सदस्य पदको उम्मेदवारी दिएका चित्र बहादुरको घरमा पौडेलको हत्या भएको थियो । चित्र बहादुरको घरमा चुनावको अघिल्लो रात २९ गते जमघट र भोजभतेर भइरहेको थियो । भोज भतेरकै क्रममा चुनाव सम्बन्धी विवाद  पौडेलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी जनाएको छ ।