माओवादी केन्द्र : कुमारी हलमा जनप्रतिनिधिको प्रशिक्षण भेला

माओवादी केन्द्र : कुमारी हलमा जनप्रतिनिधिको प्रशिक्षण भेला

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १८, २०७९

 

काठमाडौँ । कमलपोखरीस्थित कुमारी हलमा माओवादी केन्द्रले नयाँ जनप्रतिनिधिका लागि प्रशिक्षण भेला राखेको छ । बुधबार बिहानदेखि सुरु भएको प्रशिक्षणमा अहिले पार्टीका नेताहरूले प्रशिक्षण दिइरहेका छन् ।

प्रशिक्षण भेलामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, दीनानाथ शर्मा, लीलामणि पोखरेल लगायतका शीर्ष नेता उपस्थित छन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट विजयी भएर आएका जनप्रतिनिधिलाई माओवादीले प्रशिक्षण दिन लागेको हो । पार्टी अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठले नन निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएका छन् ।यसपटकको निर्वाचनमा माओवादीले एक सय २१ स्थानीय तहमा प्रमुख जितेको छ ।