'वित्तीय प्रणाली देशको अर्थतन्त्र ध्वस्त पार्ने खालको छ'

'वित्तीय प्रणाली देशको अर्थतन्त्र ध्वस्त पार्ने खालको छ'

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ १८, २०७९

सांसद हृदयेश त्रिपाठीले वित्तीय प्रणाली देशको अर्थतन्त्र ध्वस्त पार्ने खालको रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले भने, ‘अहिले जुन वित्तीय अनुशासन वा वित्तीय प्रणाली अपनाइरहेका छौँ, त्यसले दूरगामी ढंगले नेपाली अर्थतन्त्रलाई ध्वस्त पार्ने एउटा अवस्था सिर्जना गराइसकेको छ । यस कारण रेकर्ड गराउन चहान्छु कि १ वर्षपछि यहाँका अर्थशास्त्री र सरकारी संयन्त्र सुधार्न लाग्नुपर्छ ।’

राजस्व संकलनको स्रोत सुनिश्चित नभएको भन्दै उनले देशको कर प्रणाली आयातमुखी रहेको र यसलाई घटाउँदा राजस्व घट्ने हुँदा वैकल्पिक बाटो नलिएको बताए ।