१० वर्षभित्र मंगल ग्रहमा मानिस पठाउने मस्कको योजना कहाँ पुग्यो ?

१० वर्षभित्र मंगल ग्रहमा मानिस पठाउने मस्कको योजना कहाँ पुग्यो ?

एजेन्सी  |  विदेश  |  जेठ १९, २०७९

सन् २०११ मा अर्बपति एलन मस्कले १० वर्षभित्र मानिसलाई मंगल ग्रहमा पठाउने बाचा गरेका थिए । त्यसको एक दशकपछि इन्टनरेट प्रयोगकर्ताहरूले मस्कसँग जबाफ मागेका छन् । मानवतालाई ‘बहुग्रहको प्रजाति’ बनाउने उद्देश्यका साथ स्पेसएक्सका सीईओलेसमेत रेका मस्कले रातो ग्रहमा बस्ती बसाउने बताएका थिए । 

स्पेसक्राफ्ट इन्जिनियरिङ कम्पनीले मंगल ग्रहमा चालक दल र कार्गो लैजान सक्ने रकेटको नमुना विकास गरिरहेको छ । मस्कले सन् २०११ को अप्रिलमा अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलसँगको एक अन्तर्वार्तामा मंगल ग्रहमा मानिसलाई पठाउने विषयमा आफ्ना धारणा सार्वजनिक गरेका थिए ।

उक्त अन्तर्वार्तामा मस्कले मंगल ग्रहमा मानिस कहिले अवतरण गर्न सक्छन् भन्ने समयसीमा दिएका थिए । ‘भनेजस्तो भए १०  वर्ष । खराब अवस्था आए १५ देखि २० वर्ष’ मस्कले भनेका थिए । एउटी नयाँ आमाले प्रशान्त महासागरमा आफ्नो छोरालाई जन्म दिएको भिडियो शेयर गरेपछि भाइरल भएको छ ।

१० वर्ष बितेपछि उनको अन्तवार्ताबारे फेरि चर्चा हुन थालेको छ । उनको भनाइको स्क्रिन सटलाई ट्वीटर प्रयोगकर्ताले शेयर गरेका छन् । भिडियो भाइरल भएको छ । भिडियोमा ३७ हजार ६०० ले लाइक गरेका छन् भने ३ हजार ४८ पटक रिट्वीट गरिएको छ । भिडियोबारे सयौँले कमेन्ट गरेका छन् । 

‘उनको सो प्रतिज्ञा पूरा गर्न मस्कलाई हामी सक्दो चाँडो पठाऔँ', एक प्रयोगकर्ताले सामाजिक संजालमा जोक गरेका छन् । ‘ए मस्क, मंगल मिसनबारे तपाईं कहाँ हुनुहुन्छ ?’, अर्का प्रयोगकर्ताले प्रश्न गरेका छन् । 

ट्वीटरमा नै मस्कले यसै वर्षको सुरुमा सन् २०२९ मा मानिसले मंगलमा पहिलो पाइला राख्न सक्ने संकेत गरेका थिए । ‘सन् २०२९ एक निर्णायक वर्ष जस्तै लाग्छ । हामीसँग एजीआई छैन भने म छक्क पर्नेछु । आशा छ, मंगल ग्रहमा मानिसहरू पनि’ उनले ट्वीट गरेका थिए ।