३५० मा वामपन्थी, ३२९ को कांग्रेस ठुलो दल! जनमतको अपमान गर्नेद्वारा वाम गठबन्धनको बेमौसमी राग

लोकसंवाद टिप्पणी

३५० मा वामपन्थी, ३२९ को कांग्रेस ठुलो दल! जनमतको अपमान गर्नेद्वारा वाम गठबन्धनको बेमौसमी राग

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २०, २०७९

स्थानीय तह निर्वाचनको परिणामले नेपाल कम्युनिस्ट पार्टीका लागि उर्बर भूमि हो भन्ने एकपटक फेरि प्रमाणित गरिदिएको छ । तर कम्युनिस्ट पार्टी विभाजित हुँदा देशको सबैभन्दा ठूलो पार्टी भने कांग्रेस बन्न पुगको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमोर्चाले स्थानीय तहमा ३५० स्थानमा जित हात पारेका छन् भने धेरैजसो स्थानीय तहमा कम्युनिस्ट पार्टीहरु नै मुख्य प्रतिस्पर्धी भएर दोस्रो बन्न पुगेका छन् ।

कम्युनिस्ट पार्टीका पक्षमा ठूलो जनमत भए पनि साना साना स्वार्थका कारण विभाजित छन् । २०७४ को प्रदेश र संघीय संसदको निर्वाचनमा एमाले र माओवादी केन्द्र एक हुँदा काँग्रेस पार्टी प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिन बाध्य भएको थियो ।

तर सत्तामा रहेर पनि कुनै उपलब्धिमूलक काम गर्नुभन्दा पनि आन्तरिक द्वन्द्वमा फस्दा तत्कालीन नेकपा र त्यसपछि एमाले विभाजन काे तहमा नै  पुग्यो । विभाजनसँगै केही कम्युनिस्ट पार्टी सत्ता गठबन्धनमा र एमाले सत्ता गठबन्धन विरोधी गठबन्धन बनाउन लागे । एकले अर्कोलाई कमजोर पार्ने नीतिअनुसार कम्युनिस्ट पार्टीहरु अघि बढेपनि उनीहरुले पर्याप्त उपलब्धी हासिल गर्न नसकेपछि फेरि एक पटक कम्युनिस्ट पार्टीबीच एकता वा वाम गठबन्धनको बेमौसमी  राग अलाप्न थलिएको छ ।  जनमतलाई अपमान गरेको विगतले सार्वजनिक रुपमा यो राग  नेताहरु यसलाई सार्वजनिक रुपमा बाहिर ल्याउन हिचकिचाइ रहेको अवस्था छ ।

प्रधानमन्त्रीको लड्डु

कम्युनिस्ट पार्टीहरु विभाजित अवस्थामा भए पनि एकले अर्कोलाई आकर्षित गर्ने अस्त्र फाल्ने क्रम  सत्ता नै बन्ने गरेको छ । २०७४ को संघीय संसदको निर्वाचनमा पनि प्रचण्ड र केपी ओलीले आधा आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति गरेपछि चुनावी गठबन्धन हुँदै पार्टी एकीकरणको तहसम्म पुगेर एकता बचाउन नसकेर तीन टुक्रा बन्न पुगे । 

तर ओलीले त्यो सहमति मानेनन् र नेकपाको जहाज नै दुर्घटनामा पर्‍यो । ओलीको सत्ता दम्भ र पार्टीलाई आफ्नो एकल कम्पनीका रुपमा सञ्चालन गर्दा अहिले पहिलो बाट दोस्रो दलमा झर्नु परेपछि यतिबेला भने कम्युनिस्ट एकताको आवश्यकताको बेमौसमी  राग भित्र  भित्रै अलाप्न थालिएको छ । 

बिहीबार मात्रै प्रधानमन्त्रीको प्रस्ताव आए पनि आफू त्यो रेशमा नरहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दाबी गरेका छन् भने माधवकुमार नेपालले पनि प्रधानमन्त्रीको 'अफर'  आएको बताएका छन् । यसले कम्युनिस्ट पार्टीभित्र हारको भित्री आत्मसमीक्षाको सुरुवात भएको सहज अनुमान गर्न सकिन्छ । यद्यपि विश्वासको संकट र पराजयको गम्भीर आत्म बोध नभएसम्म कम्युनिस्ट एकता वा  वाम गठबन्धन बेमौसमको राग बाहेक केही हुँदैन ।

 तर त्यसका लागि ओलीलाई विश्वास गर्ने आधार गुमाई सकेको हुँदा नेताहरुले खासै महत्व दिइरहेका छैनन् ।  एमाले भने प्रचण्ड र माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लड्डु देखाएर फेरि चुनावी गठबन्धन वा एकीकरणको प्रयास गर्न सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट दबाब सृजना गरिरहेको छ । 

 प्रचण्ड र माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव नै आएका खुला रुपमा बताइसकेका छन् । स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै प्रचण्डले एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउने अभिव्यक्ति दिए पछि त एमालेसहितका पार्टीहरु फेरि एक हुने हल्लाले पहिलो स्थान नै प्राप्त गरेको छ । 

स्थानीय तहको मत परिणामलाई लिएर सत्ता गठबन्धनमा फरकफरक दृष्टिकोण सार्वजनिक भइ रहेको छ  । कांग्रेसका कतिपय नेताले गठबन्धन नभएको भए अहिले जितेको भन्दा बढी स्थानीय तह जित्ने थियौं भन्ने अभिव्यक्ति दिएपछि कांग्रेसकै अन्तर्घात र असहयोगका कारण धेरै स्थानीय तह गुमाएका माओवादी र एकीकृत समाजवादीको करिब करिब निश्कर्ष रहेको छ । जसका कारण फेरि कांग्रेसमा दम्भ बढेको उनीहरुले आलोचना गरिरहेका छन् ।

जसका कारण काँग्रेससँगको  गठबन्धनबारे पुनर्विचारको  लागि दुबै पार्टीमा दबाब बढी रहेको छ ।  यद्यपि अहिले नै एमालेसँग गठबन्धनको आधार तयार नभएको र कांग्रेससँग गठबन्धन तोड्दा आउनसक्ने सम्भावित परिणामलाई व्यवस्थापन गर्ने उपाय निस्कियो भने अहिलेको गठबन्धनमा हेरफेरको सम्भावना रहेको बताउन थालिएको छ । 

 त्यसका लागि यतिबेला एमालेले प्रधानमन्त्रीको लड्डु देखाउन थालेको छ । त्यो लड्डु गठबन्धन तोड्न र आफ्नो वर्चश्व पुनर्स्थापित गर्न मात्रै आएको भन्ने कुरामा गठबन्धनमा रहेका सबै दलका नेताहरु सहमत देखिन्छन् ।  एमालेभित्र अझै पनि कम्युनिस्ट आन्दोलन कमजोर पारेकोमा कुनै पश्चातापको भाव देखिएकोले तत्काल वाम गठबन्धनको  कुनै सम्भावना नभएको सार्वजनिक अभिव्यक्तिले जनमतको अपमान गर्ने कुरामा नेपालका कम्युनिस्ट नेताहरुकै बीचमा होड नै चलिरहेको छ । 

निर्वाचन परिणामबारे निरन्तर भ्रमको खेती

एमालेले स्थानीय तह निर्वाचनको परिणामबारे निरन्तर भ्रमपूर्ण अभिव्यक्ति दिँदै आएको छ । निर्वाचनको परिणाम आउन थालेलगत्तै धाँधली भएको तर्क गरेको एमालेले त्यसपछि सत्ता र शक्तिको दुरुपयोग गरेको देखि आफ्नै पार्टीको अन्तर्घातका कारण चुनाव हारेको सम्मका अभिव्यक्ति दिँदै आएको छ । पछिल्लो समय पनि एमालेको एउटा पंक्ति गठबन्धनका कारण चुनाव हारेको बताइरहँदा अध्यक्ष केपी ओली भने अरुका कारण भन्दा पनि आफ्नै कारण जनमत गुमाएको बताइरहेका छन् ।

उनले पार्टीभित्र १० बुँदे सहमतिसहित बसेको पंक्तिलाई संकेत गर्दै पार्टीभित्रको अनुशासनहीनता र निष्ठा गुमाएका कारण चुनावमा पराजित भएको बताउँदै आएका छन् । यो भनेको निर्वाचन परिणामको यथार्थ बोध नहुनु वा परिणाम प्रतिको भ्रमको खेती नै हो । जसले आगामी दिनमा पनि एमालेसँग गठबन्धन गर्दा हुनसक्ने जोखिमलाई संकेत गरि रहेको छ । 

कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु स्थानीय तहको परिणामले उत्साहित भन्दा बढी निराश देखिए छन् । तर उनीहरु त्यसलाई पोख्न समेत सकिरहेका छैनन् । यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीको नाम नै सुन्न नचाहने एमाले नेताहरु पनि अहिले प्रधानमन्त्रीको प्रस्ताव नगरिएको र गर्नुपरे खुला रुपमा गर्ने बताउन थालेका छन् ।

यो भनेको कुनै न कुनै रुपमा यी दुई पार्टीको बलियो उपस्थितिको यथार्थ बोध पनि हो एमालेका लागि । एमाले आगामी निर्वाचनसम्म प्रचण्ड वा माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ देखाए रै भए पनि अहिलेको भन्दा बलियो परिणाम ल्याउने कोसिसमा लाग्ने संकेत पूर्ववत अडानबाट पछि हटि संसदलाई बन्धक नबनाउने कार्यले नै गरिरहेको छ ।  

 बिहीबार मात्रै प्रधानमन्त्रीको प्रस्ताव आए पनि आफू त्यो रेशमा नरहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दाबी गरेका छन् भने माधवकुमार नेपालले पनि प्रधानमन्त्रीको 'अफर'  आएको बताएका छन् । यसले कम्युनिस्ट पार्टीभित्र हारको भित्री आत्मसमीक्षाको सुरुवात भएको सहज अनुमान गर्न सकिन्छ । यद्यपि विश्वासको संकट र पराजयको गम्भीर आत्म बोध नभएसम्म कम्युनिस्ट एकता वा  वाम गठबन्धन बेमौसमको राग बाहेक केही हुँदैन ।