प्रादेशिक पत्रकारिता पुरस्कारबाट समाजवादी प्रेस संगठनका संस्थापक लीला बराल पुरस्कृत

प्रादेशिक पत्रकारिता पुरस्कारबाट समाजवादी प्रेस संगठनका संस्थापक लीला बराल पुरस्कृत

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २०, २०७९

मोरङ ।  झापाका अग्रज  पत्रकार लीला बराल प्रादेशिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनु भएको छ ।

समाजवादी प्रेस संगठनका संस्थापक सदस्य बराल लामो समयदेखि पत्रकारिता क्षेत्रमा अविच्छिन्न क्रियाशील  हुनुहुन्छ । बराललाई प्रदेश १ सरकारले उक्त पुरस्कार प्रदान गरेको हो ।

शुक्रवार विराटनगरमा आयोजित समारोहका बीच मुख्यमन्त्री राजेन्द्र राईले पत्रकार बराललाई दोसल्ला ओढाएर सम्मान पत्रसहित पुरस्कार एक लाख बराबरको चेक हस्तान्तरण गर्नु भयो । पुरस्कारको राशि एक लाख रुपैयाँ छ ।