‘केवरत जातिका लोकगीत’ नामक पुस्तक प्रकाशित

‘केवरत जातिका लोकगीत’ नामक पुस्तक प्रकाशित

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २२, २०७९

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘केवरत जातिका लोकगीत’ नामक पुस्तक प्रकाशित भएको छ । प्रज्ञा–प्रतिष्ठानको साहित्य (मातृभाषा) अनुसन्धान विभागको परियोजनाअन्तर्गत केवरत वाङ्मयका विज्ञ तथा उपप्राध्यापक चतुर्भुजलाल दास केवरतले पुस्तक तयार पार्नुभएको हो ।

‘केवरत जातिका लोकगीत’ पुस्तकको अध्याय एकमा केवरत जातिको सङ्क्षिप्त चिनारी, अध्याय दुईमा लोकगीतको सैद्धान्तिक स्वरुप, अध्याय तीनमा केवरत जातिमा लोकगीत, अध्याय चारमा केवरत लोकगीत प्रयोगका सन्दर्भहरू र अध्याय पाँचमा निष्कर्ष रहेको छ ।

‘केवरत जातिका लोकगीत’का बारेमा अध्ययन, अनुसन्धान गर्न चाहने अन्वेषक तथा लोकगीतका बारेमा जान्न चाहनेहरूका लागि पुस्तक उपयोगी बन्ने देखिन्छ । १५६ पृष्ठको पुस्तकको मूल्य रु. १९५ रहेको छ । पुस्तक प्रज्ञा भवन स्थित पुस्तक विक्री कक्षमा पाउन सकिन्छ ।