सम्मानित नेता झलनाथ खनाल चुनावी तालमेल र त्यसको परिणामबाट बेहद असन्तुष्ट

सम्मानित नेता झलनाथ खनाल चुनावी तालमेल र त्यसको परिणामबाट  बेहद असन्तुष्ट

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २२, २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चुनावी तालमेल र त्यसको परिणामबाट आफूहरू बेहद असन्तुष्ट  रहेको बताउनु भएको छ ।

स्थानीय तह निर्वाचनको समीक्षा गर्न  पार्टी कार्यालयमा आयोजित सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेता खनालले  गठबन्धनका अन्य दलले सम्मानजनक ढंगबाट गठबन्धन नगरेको बताउनु भयो ।

त्यो असन्तुष्टि हामीले पाँच दलभित्र पनि राखेका छौँ । हामी आफैँ पनि समीक्षा गर्दछौँ । अहिले समीक्षाको बीचमा छौँ । समीक्षा गरिसकेपछि के के निस्कर्षमा पुग्छौ  त्यसको आधारमा फेरि अगाडि बढ्छौ  खनालको भनाई थियो ।