सुनको मूल्य प्रतितोला ९७ हजार ९००

सुनको मूल्य प्रतितोला ९७ हजार ९००

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ २२, २०७९

सुन-चाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ६०० रुपैयाँले घटेको हो । नेपाल सुन-चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार रुपैयाँ थियो ।     

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८५१ डलर आसपास कारोबार भइरहेको छ ।