समान्थाले किन गरिनन् शाहरुखसँग सहकार्य ?

समान्थाले किन गरिनन् शाहरुखसँग सहकार्य ?

एजेन्सी  |  लोकरञ्जन  |  जेठ २२, २०७९

बलिउड अभिनेता शाहरुख खानले हालै आफ्नो फिल्म ‘जवान’को टिजर सार्वजनिक गरे । शाहरुखको यस फिल्मको निर्देशन दक्षिण भारतीय निर्देशक एटली कुमारले गरिरहेका छन् । फिल्म आगामी वर्षको ३ जुनमा रिलिज हुनेछ ।

फिल्ममा शाहरुख खानका अलावा नयनतारा, सान्या मल्होत्रा र सुनिल ग्रोवरको अभिनय छ । फिल्म हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ ।

फिल्म निकट स्रोतका अनुसार फिल्मको पहिलो रोजाइमा अभिनेत्री नयनतारा थिइनन् । यस फिल्मका लागि समान्था रुथ प्रभुलाई सम्पर्क गरिएको थियो तर उनले प्रस्ताव अस्वीकार गरिन् ।

समान्था पति नागा चैतन्यका साथ पारिवारिक योजनामा त्यो समय रहेकाले उनले शाहरुखको फिल्ममा अभिनय गर्न चाहेकी थिइनन् । यही कारण निर्माताले समान्थाको स्थानमा नयनतारालाई छनोट गरे ।

 २०२१ अक्टाेबरमा समान्था र नागाले सामाजिक संजालमार्फत अलग्गिने घोषणा गरेका थिए ।