अस्ट्रेलियाको सिड्नीमा ‘नाइटी इन्फिनिटी’ हुँदै

अस्ट्रेलियाको सिड्नीमा ‘नाइटी इन्फिनिटी’ हुँदै

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  जेठ २२, २०७९

नेपाली गायकहरूले अस्ट्रेलियाको सिड्नीमा सांगीतिक प्रस्तुति दिने भएका छन् । युवा पुस्तामा रुचाइएका नेपाली गायकहरूले सांगीतिक प्रस्तुति दिन लागेका हुन् । 

नेपाली टचले एक्सपर्ट एजुकेसनको आयोजनामा सिड्नीमा ‘नाइटी इन्फिनिटी’ कार्यक्रम हुन लागेको छ, जसमा नेपाली गायकहरू स्वप्न सुमन, ओएसिस थापा, एकदेव लिम्बू तथा छेवाङ लामाले आफ्नो प्रस्तुति दिनेछन् । 

यही ९ जुन अर्थात् २६ जेठमा सिड्नीको डार्लिङ हार्बरस्थित होम द भेन्युमा कार्यक्रम आयोजना हुनेछ । उक्त कन्सर्टको टिकट अनलाइनमार्फत लिन सकिने आयोजक संस्थाले जनाएको छ । 

१८ वर्षमाथिका दर्शकहरूले सहभागिता जनाउन सक्ने उक्त कार्यक्रम स्थानीय समयअनुसार राति ८ बजेदेखि सुरु हुनेछ ।