उत्तर कोरियालाई अमेरिका र दक्षिण कोरियाले दिए आणविक परीक्षणबाटै जबाफ

उत्तर कोरियालाई अमेरिका र दक्षिण कोरियाले दिए आणविक परीक्षणबाटै जबाफ

एजेन्सी  |  विदेश  |  जेठ २३, २०७९

उत्तर कोरियाको आणविक परीक्षणको बदलामा अमेरिका र दक्षिण कोरियाले ८ वटा व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । 
सो कार्य उत्तर कोरियाको ‘आक्रमणविरुद्ध’ भएको दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै योनहाप समाचार संस्थाले जनाएको छ । 

उत्तर कोरियाले छोटो दूरीका ८ वटा व्यालिस्टिक मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिका र दक्षिण कोरियाले कदम चालेकाे हाे । त्यसअघि दक्षिण कोरिया र अमेरिकाले अमेरिकी विमान प्रयोग गरेर संयुक्त सैन्य अभ्यास गरेका थिए । 

दक्षिण कोरियाली सेनाले एक विज्ञप्तिमा भनेको छ,  ‘हाम्रो सेनाले उत्तरको व्यालिस्टिक मिसाइलको उत्तेजक शृंखलाको कडा निन्दा गर्दछ । प्रायद्वीपमा सैन्य तनाव बढाउने कार्य तत्कालै रोक्न जोडदार आग्रह गर्दछ । ’

आर्थिक प्रतिबन्धबीच प्योङयाङले यस वर्ष आणविक हतियारका कार्यक्रम दोब्बर पारेको छ । उत्तरले नयाँ आणविक परीक्षणका लागि तयार गरेको विज्ञहरूले बताउँदै आएका छन् । दक्षिण कोरियाका नयाँ राष्ट्रपति युन सुक-यओलले प्योङयाङको उत्तेजनाविरुद्ध कडा अडान लिने बाचा गर्दै आएका छन् ।