एकीकृत समाजवादीको विद्यार्थी विशेष जिल्ला कमिटीमा अनेरास्ववियूका अध्यक्ष पराजुली

एकीकृत समाजवादीको विद्यार्थी विशेष जिल्ला कमिटीमा अनेरास्ववियूका अध्यक्ष पराजुली

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २४, २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले विद्यार्थी विशेष जिल्ला कमिटी घोषणा गरेको छ  । सोमबार भएको भेलाले  अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको अध्यक्षतामा ३३ सदस्यीय विद्यार्थी विशेष जिल्ला कमिटीको  बनेको हो ।

विद्यार्थी विशेष जिल्ला कमिटीमा अध्यक्ष पराजुली सहित सदस्यहरु उत्तर खड्का,  प्रकाश शाही,  मनोज चन्द,  हर्क बम, डा. निश्चल गुप्ता, मनिषा कार्की,लक्ष्मी क्षेत्री वि.सी., अनु आँकुरी, प्रदिप थापा , देवीराम जैसी, अम्मर पुन, अञ्जलिका श्रेष्ठ, प्रविण विष्ट , ओम अधिकारी, किरण पौडेल, न्यूसन लामिछाने, सन्तोष शेर्पा ,आकाश खनाल,मुकेश कुँवर, प्रकाश श्रेष्ठ, आशिष थपलिया, गौरव थापा , सुदिप घिमिरे,अविचल पाण्डे, शोभा बम ठकुरी, टुपेन्द्र प्रसाई, तर्क शाही, मनोज शाही , प्रदिप खनाल, र  सरु रिजाल,नरेश न्यौपाने, सुमन पौडेलको नाम प्रस्ताव गरीएको छ ।

नेपाल कम्युनिष्ट (एकीकृत समाजवादी) र  विद्यार्थी लाई संयोजन गर्ने समेतको उदेश्यले बनेको  विशेष जिल्ला कमिटीको   सपथ ग्रहण कार्यक्रम यहि जेठ २५ गते पार्टी अफिस आलोक नगर  तीनकुनेमा पार्टी अध्यक्ष माधव  कुमार नेपालको प्रमुख आतिथ्यतामा  दिनको १ बजे तय गरीएको अध्यक्ष पराजुलीले बताउनु भएको छ ।