फोहोर भन्दा बढी दुर्गन्धित राजनीति: सहमति माथि स्वार्थ समूहको उक्साहटमा स्थानीयद्वारा 'बन्चरो' प्रहार !

लोकसंवाद टिप्पणी

फोहोर भन्दा बढी दुर्गन्धित राजनीति: सहमति माथि स्वार्थ समूहको उक्साहटमा स्थानीयद्वारा 'बन्चरो' प्रहार !

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २५, २०७९

मंगलबार काठमाडौँबाट फोहोर लिएर गएका ट्रकमाथि नुवाकोटको बन्चरे डाँडामा पुर्‍याउँदा स्थानीयबासीले विगतमा झै अवरोध गरे । माथि डाँडाबाट स्थानीयबासीले ढुंगामुढा गरिरहँदा पनि प्रहरी प्रशासन लगाएर सिसडोलमा फोहोर पुर्‍याइएको छ ।

बञ्चरे डाँडामा ल्याण्डफिल साइडमा फोहोर फाल्न सोमबार मात्रै शहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिका र बन्चरे डाँडा बासीका तर्फबाट नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीवेसी नगरपालिकाका जनप्रतिनिधिबीच सहमति भएको थियो । सो सहमति लगत्तै मंगलबार फोहोर फाल्न १५७ वटा गाडी बञ्चरे डाँडा पुगेका थिए । 

स्थानीयबासीले जनप्रतिनिधिले गरेको सहमति नै नमान्ने जनाएका छन् । केही जनप्रतिनिधिहरुलाई लोभ र त्रास देखाएर हस्ताक्षर गराएको र संघर्ष समितिलाई बेवास्ता गरेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । स्थानीयले विरोध गरिरहँदा प्रहरी परिचालन गरी ल्याण्डफिल साइटमा फोहोर पुर्‍याइएको हो ।

फोहोरमाथि अवरोध गर्ने १९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । स्थानीय संघर्ष समितिलाई बेवास्ता गरिएको भन्दै फोहोरमा अवरोध भएको हो । स्थानीयबासीले आफूहरु स्वस्थ जीवन र भविष्यका लागि संघर्षमा उत्रिएको उनीहरुको दाबी गरेका छन् । बल प्रयोग गरेर फोहोर लगे पनि अवरोध निरन्तर जारी राख्ने स्थानीयले बताइरहेका छन् । 

काठमाडौँ महानगरपालिका वातावरण विभागले भने फोहोर कसरी फाल्ने भन्ने निर्णय भइ नसके पनि फोहोर फालेर फर्किएका गाडीले फोहोर उठाउने र नियमित रुपमा महानगरमा फोहोर संकलनको काम गर्ने बताएको छ ।

एक साताभन्दा लामो समयदेखि काठमाडौँ र ललितपुर महानगरको फोहोर संकलन नहुँदा स्थानीयले सडक किनारामा फोहोर फालिरहेका छन् । जसका कारण सडक दुर्गन्धित बनेका छन् भने मनसुन सुरु हुँदा फोहोर बगाएर त्यसले हैजा फैलाउने जोखिम पनि बढेको छ । 

सिसडोलमा एक किलोमिटर वरपरको पानी प्रदुषित

नुवाकोटको सिसडोल क्षेत्रमा एक किलोमिटर परको पानी समेत प्रदुषित भएको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को विज्ञ टोलीले सिसडोलको अध्ययन गर्दा सो तथ्य फेला पारेको बताएको छ । डा.रविन्द्र ढकाल, डा. टिस्टा प्रसाई जोशी, डा.सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको नास्टको विज्ञ टोलीले लिच्चड मिसिएर भएको प्रदूषणबारे अध्ययन गरेको हो । 

एकातिर फोहोरको उचित व्यवस्थापनको समस्या, अर्कोतिर कुहिने र नकुहिने फोहोर एकैठाउँमा हुनुले व्यवस्थापनका चुनौतीहरु हुन् ।  सोही कारण नै महानगरले स्रोतमा नै फोहोर छुट्याउन सूचना नै जारी गर्न थालि सकेको छ । फोहोरको दीर्घकालीन समाधान, फोहोरको उचित प्रयोग, पुनः प्रयोगमा प्रोत्साहित नगर्दा फोहोर ठूलो चुनौती बनेको छ ।

लिच्चड मिसिनु भन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर टाढा गरी ३ फरक फरक बिन्दुबाट पानीको नमुना संकलन गरी अध्ययन गरिएको नास्टले जनाएकाे छ । सिसडोलबाट संकलित तीन वटा नमुनाहरूको तुलनात्मक अध्ययनमा पानीमा प्रशस्त मात्रामा लिच्चड मिसिएको पाइएको छ भने स्रोतभन्दा १ किलोमिटर वरपरसम्मको पानी पनि उच्च मात्रामा प्रदुषित छ । प्रदूषणबाट जल सम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनबाट देखिएको छ । 

पानी तथा लिच्चडको पूर्ण रिपोर्ट आएपछि थप अवस्थाबारे जानकारी हुने र यसको समाधानका विषयमा समेत सुझाव दिनेछ । नास्टसहित विज्ञहरुसँग समन्वय गरी तत्कालै गर्न सकिने, मध्यमकालीन र दीर्घकालीन समाधानबारे काम सुरु गर्न सकिनेछ । अमृता पौडेल नेतृत्वको टोलीले सिसडोल डाँडा अवलोकन गरी सिसडोललाई गन्धरहित बनाउने विषयमा तत्काल सुरु गर्ने काम निक्र्यौल समेत गरेको छ ।  

सिसडोलमा फोहोर व्यवस्थापनका लागि भएको सहमतिअनुसार काम नहुँदा पटक पटक अवरोध हुँदै आएको छ । अर्कोतिर त्यहाँको शुद्धीकरण र निर्मली करण गरी स्थानीय तथा जीवजन्तुलाई समेत असर नपर्ने अवस्थाको सिर्जना गर्न नसक्दा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै आइरहेको छ ।

 अर्कोतिर फोहोरमाथि हुने दुर्गन्धित राजनीतिले पटकपटक विवाद बल्झिने गरेको छ । एकातिर फोहोरको उचित व्यवस्थापनको समस्या, अर्कोतिर कुहिने र नकुहिने फोहोर एकैठाउँमा हुनुले व्यवस्थापनका चुनौतीहरु हुन् ।  सोही कारण नै महानगरले स्रोतमा नै फोहोर छुट्याउन सूचना नै जारी गर्न थालि सकेको छ । फोहोरको दीर्घकालीन समाधान, फोहोरको उचित प्रयोग, पुनः प्रयोगमा प्रोत्साहित नगर्दा फोहोर ठूलो चुनौती बनेको छ ।

फोहोर व्यवस्थापनका लागि सरकारी निकाय निजी स्तरबाट पनि धेरै निकाय र संघसंस्थाहरु क्रियाशील रहँदै आएका छन् । ती  निकाय र संघसंस्थाहरूको स्वार्थका कारण पनि  तर फोहोर माथिको फोहोरी राजनीतिले सधै समस्या सिर्जना गरिरहेको छ । फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि वैज्ञानिक योजना नल्याएसम्म र सर्वसाधारणलाई विभिन्न स्वार्थ समूहको उक्साहटमा राज्य, राज्य निकाय र स्थानी निकाय बीच जति नै सहकार्यका सहमती भए पनी बन्चरे डाँडा बासीद्वारा 'बन्चरो'  प्रहार भइ रहने पक्का पक्की छ ।