पाँचथर हत्याकाण्ड : 'एक जना मात्र’ संलग्न

पाँचथर हत्याकाण्ड : 'एक जना मात्र’ संलग्न

लोकसंवाद संवाददाता  |  अपराध  |  जेठ १०, २०७६

विराटनगर । पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा चार दिनअघि ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको प्रारम्भिक अनुसन्धानबाट एक जना मात्र संलग्न रहेको निष्कर्षमा प्रहरी पुगेको छ । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सकेको छ । अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलको अध्ययन, स्थानीय बासिन्दासँग सोधपुछ, प्राप्त प्रमाण संकलन गरेको छ । 

 

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार घटनास्थलमा भेटिएका वस्तु संकलन गरी प्रयोगशाला परीक्षणका लागि काठमाडौं मगाइएको छ । ‘घटना बीभत्स र ठूलो भए पनि हत्यामा संलग्न पहिचान भइसकेको छ,’ पोखरेलले बिहीबार साँझ फोनमा भने, ‘घटनास्थलमा भेटिएका प्रमाण र बालिकाले दिएको बयानका आधारमा एक जनाबाहेक अरूको संलग्नता रहेको शंका गर्ने अवस्था छैन ।’

 

सोमबार राति बमबहादुर फियाकसहित उनको परिवारका चार जनाको हत्या भएको थियो । बमबहादुरका ज्वाइँ धनराज सेर्मासहित परिवारमा पाँचजनाको हत्या भएको थियो । सबैलाई धारिलो हतियारले टाउको र शरीरमा क्षतविक्षत हुने गरी काटिएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।