आईपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत्

आईपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत्

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ २५, २०७९

सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । 

इलाम नगरपालिकामा रहेको ९ दशमलब ६ मेगावाटको माथिल्लो माई जलविद्युत् आयोजनाको विकासकर्ता सगरमाथा जलविद्युत् कम्पनीले आयोजना प्रभावित, सर्वसाधारण, आफ्ना कर्मचारी र सामूहिक लगानी कोषसहितका लागि ५४ लाख ८८ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीको कुल पुँजी १ अर्ब १२ करोड रुपैयाँ छ, जसमध्ये स्थानीयका लागि ११ लाख २० हजार कित्ता र सर्वसाधारण, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि ४३ लाख ६८ हजार कित्ता गरी कुल ५४ लाख ८८ हजार कित्ता आईपीओ खुला गर्ने तयारी गरेको हो ।

आईपीओ निष्कासनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।