संसदमा गृहमन्त्री खाणको राजीनामा मागियो

संसदमा गृहमन्त्री खाणको राजीनामा मागियो

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २५, २०७९

देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाणको राजीनामा मागिएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद आशाकुमारी विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले शान्ति सुरक्षा कायम हुन नसकेको स्पष्ट भएको बताइन् । 

‘बलात्कार र हिंसाका घटना टुलुटुलु हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ', उनले भनिन्, ‘बालिका र किशोरी बलात्कृत भइरहेका छन् ।'

'रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भयो । यसरी अशान्ति टुलुटुलु हेरेर बस्ने गृहमन्त्रीले अब नैतिकताकाे आधारमा राजीनामा दिनुपर्छ’, उनले भनिन्!