डिम्याट खाताको नविकरण शुल्क बुझाउन ग्लोबल आईएमई क्यापिटलको आग्रह

डिम्याट खाताको नविकरण शुल्क बुझाउन ग्लोबल आईएमई क्यापिटलको आग्रह

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ २६, २०७९

ग्लोबल आईएमई क्यापिटल लिमिटेडले हितग्राहीहरूलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।

क्यापिटलले क्यापिटल र ग्लोबल आईएमई बैंक लिमिटेडका शाखा कार्यलयहरूमार्फत डिम्याट खाता खोलेका हितग्राहीलाई आव २०७८/०७९ सम्म डिम्याट संचालन गरेबापत वार्षिक शुल्क १०० रुपैयाँ बुझाउन आग्रह गरेका छन् ।

हितग्राहीहरूले असार मसान्तभित्र आईएमई पे, ईसेवा र कनेक्ट आईपीएस, खल्ती डिजिटल बालेट, प्रभु पे र ग्लोबल आईएमई बैंकको ई-बैंकिङमार्फत उक्त शुल्क बुझाउन सक्नेछन् ।

तोकिएको समयावधि असार मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरूको डिम्याट खाता रोक्का हुने क्यापिटलले जनाएको छ । साथै, मेरो शेयर सेवा लिएका हितग्राहीहरूले सो सेवा संचालनमा आएको १ वर्षको अवधिभित्र नवीकरण गरिसक्नुपर्नेछ ।