चिया तथा कफी विकास बोर्डका तत्कालिन निर्देशक गौतमसहित चार विरुद्ध मुद्दा दायर

चिया तथा कफी विकास बोर्डका तत्कालिन निर्देशक गौतमसहित चार विरुद्ध मुद्दा दायर

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २६, २०७९

काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालिन कार्यकारी निर्देशक शेषकान्त गौतम, तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंकप्रसाद ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

०७२ सालमा प्रकाशित कर्मचारी पदपूर्तिका क्रममा न्यूनतम शैक्षिक योग्यता नहेरी, बदनियत राखी न्यून एवं अमिल्दो शैक्षिक योग्यताको तथ्यलाई लुकाई छिपाई योग्यता नपुगेका आवेदकको दरखास्त फारामहरु ठीक छ भनी प्रमाणित गरी गलत प्रतिवेदन दिई स्वीकृत गरेको अख्तियारको आरोप छ । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मिति २ असोज २०७२ मा कृषि प्राविधिक र लेखापाल पदमा निवेदन आह्वान गरेको थियो ।