अखिल नेपाल फुटबल संघ: अध्यक्षकै मिलेमतोमा लाखौँको टिकट घोटाला काण्ड सतहमा

अखिल नेपाल फुटबल संघ: अध्यक्षकै मिलेमतोमा लाखौँको टिकट घोटाला काण्ड सतहमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ २६, २०७९


काठमाडौँ ।  निर्वाचनको संघारमा रहेको नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) मा यतिखेर टिकट घोटाला काण्ड सतहमा आएको छ  । 

आगामी असार ६ गते हुन गइरहेको एन्फाको २१ औ साधारण सभाको सन्निकट रहेको एन्फामा बर्तमान कार्यसमिति र सचिवालयको मिलेमतोमात्र हवाई टिकट मार्फत मात्र लाखौ रकम घोटाला भएको विवरण सार्वजनिक भएको छ । 

एन्फाका फाइनान्स डाइरेक्टर निरञ्जन शाहको मिलेमतोमा एजेन्सीहरूसँगको मिलेमतोमा प्रति टिकट ५ सय देखि एक हजार सम्म बढाएर घोटाला गरेको देखिएको छ ।  शाह बर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाका ज्वाई नाताका व्यक्ति भएको बताइन्छ । 

तिनुपर्ने टिकट दस्तुर २ हजार २ सय भएपनि टिकट  एजेन्सीहरूसँगको मिलेमतोमा २ हजार ८ सय ५५ रुपैयाँ सम्म बढाएर घोटाला भएको तथ्य सार्वजनिक भएको छ । यो रकम सयौं  खेलाडी र सरोकारवालाहरुको गर्दा लाखौ हुन आउने बताइन्छ । 

प्राप्त प्रमाण  अनुसार सन २०२० अक्टोवर ११ मा पोखरा देखि काठमाण्डौ  वुध्द एयर प्रालिबाट टिकट नम्वर १०७६७२७७ मा एन्फाका अध्यक्ष स्वयं कर्माछिरिङ शेर्पा सहितको टीमले टिकटको मुल्य २ हजार २ सय रहेपनि २ हजार ८ सय ५५ बनाएर घोटाला गरी विल फस्यौट गरेको प्रमाण प्राप्त भएको छ  । प्रति व्यक्ति ६ सय ५५ को घोटाला गरी संस्थालाई क्षति पुर्याएको यो  एक उदाहरण मात्र हो ।  

फुटबल क्षेत्रको वृत्ति विकासमा काम गर्नुपर्ने एन्फामा  सचिवालयसंगैको मिलेमतोमा यसरी आर्थिक अनियमितताका विषयहरु बग्रेल्ती उठ्दा पनि अध्यक्ष शेर्पा भने तिनै कर्मचारीहरुलाई संरक्षण गरेर बसेको आरोप लागेको छ ।