मेयरले कर्मचारी पिटेको विरोधमा काम ठप्प

मेयरले कर्मचारी पिटेको विरोधमा काम ठप्प

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १०, २०७६

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले कर्मचारीमाथि कुटपिट गरेको विरोधमा बिहीबार कर्मचारीले काम ठप्प पारे। मेयर चौधरीलाई कानुनी कारबाही गरिनुपर्ने माग राख्दै कर्मचारीले आन्दोलन थालेपछि काम ठप्प भएको हो।

मेयर चौधरीले वडा नं. १९ का सचिव नायबसुब्बा मनोज दाहाललाई कुटपिट गरेको र घरनक्सा पास गर्दा पैसा मागेको आरोपमा सवइन्जिनियर राम खड्कालाई गलहत्याएको पिरोधमा कर्मचारी आन्दोलनमा उत्रिएका हुन्। कर्मचारीले उपमहानगरपालिकाका सबै वडा कार्यालयको कामकाज पनि ठप्प पारे। कर्मचारीले इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव बिमलीलाई बुझाएको ज्ञापनपत्रमा मेयरमाथि कारबाहीको माग गरिएको छ।

ज्ञापनपत्रमा कर्मचारीले असुरक्षित महसुस गरेको उल्लेख छ। प्रमुख प्रशासकीय अधिकृत बिमलीले ज्ञापनपत्र बुझाएका कर्मचारीले रजिस्टरमा हाजिर गरी काम ठप्प पारेको बताए। नागरिक दैनिकमा यो समाचार छ ।