गरिमा विकास बैंक: ग्रहकहरुलाई ‘सोल्टी होटल’का विभिन्न सेवा सुविधामा बिशेष छुट

गरिमा विकास बैंक: ग्रहकहरुलाई ‘सोल्टी होटल’का विभिन्न सेवा सुविधामा बिशेष छुट

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ २७, २०७९

काठमाडौँ । नेपालकै प्रतिष्ठित ५ तारे होटल ‘सोल्टी होटल’  गरिमा विकास बैंक बिच होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्र अनुसार यस बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरूले काठमाडौंमा अवस्थित ‘द सोल्टी काठमाडौं’ र नेपालगंज अवस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ बाट फुड एण्ड वेभरेजमा आकर्षक १० प्रतिशत छुट पाउन सक्नुहुनेछ । 

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।