सरकारद्वारा सार्वजनिक यातायातको भाडामा फेरि वृद्धि !

सरकारद्वारा  सार्वजनिक यातायातको भाडामा  फेरि वृद्धि  !

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २७, २०७९

काठमाडौँ ।  सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको जनाएको छ । 

यसअघि ११ जेठमा यात्रुबाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो ।  अहिले यात्रु बाहकको २.५ प्रतिशतले भाडा बढेको विभागले जनाएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.३ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.७ प्रतिशतले बढेको छ । 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य बढाएसँगै विभागले पनि गाडी भाडा बढाउने निर्णय गरेको हो । निगमले डिजेलको मूल्यमा एकै पटक १२ रूपैयाँ बढाएको थियो । 

विभागले इन्धनको मूल्य थपघटका आधारमा ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्दै आएको छ । प्रदेशहरूले यसै आधारमा छोटो दूरीको सवारी भाडा बढाउनेछन् ।