ज्ञानचक्षुको उन्मीलन क्रिया: दीक्षाको अर्थ फल प्रत्यक्षीकरणको प्रारम्भ

ज्ञानचक्षुको उन्मीलन क्रिया: दीक्षाको अर्थ फल प्रत्यक्षीकरणको प्रारम्भ

लोकसंवाद संवाददाता  |  जीवनदर्शन  |  जेठ २८, २०७९

पश्यादित्यान् बसून् रुद्रानश्विनौ मरुत स्तथा ।
 बहून्यदृष्टपूर्वाणि पश्याश्चर्याणि भारत ।। ६ ।।
व्याङ्ग्यम्

अन्वय र अर्थ – भारत = हे भारत ! आदित्यान् = द्वादश आदित्यहरू, बसून = अष्ट वसुहरू, रुद्रान् = एकादश रुद्रहरू, अश्विनौ = दुई अश्विनी कुमारहरू, मरुतः = उनन्चास  मरुत्गणलाई, पश्य = हेर, तथा = त्यस्तै, बहुनि = धेरैनै, अदृष्टपूर्वाणि = मनुष्यलोकमा पहिले कसैले पनि नदेखेका, आश्चर्याणि = अद्भुत दृश्यहरू, पश्य = हेर ।

भावार्थ – हे भारत ! आदित्य गण, वसु गण, रुद्र गण, अश्विनी कुमामरहरू तथा मरुद्गण यी सबैलाई हेर, अरू पनि धेरै अदृष्टपूर्व तथा आश्चर्यमय दृश्यहरू हेर ।

विशिष्टार्थ – हेर ! आकाश मय ज्योति समष्टि द्वादश सूर्यको तेज एकत्र हेर । यस ज्योतिको सीमा छैन, परन्तु  हेर्दा आँखा तिर्मिराउँदैन र कष्ट पनि हुँदैन । कस्तो आश्चर्य ! फेरि त्यो हेर । त्यस तेजको परिवर्तनबाट नै वसु बनेको छ जुन मह ज्योतिको खण्डांशको व्यष्‍टि भाव हो । 

'रुद्रान्' (१० औं अरू को २३ श्लोक हेर्नुहोस् ) अमावनीय परिवर्त (सं हरण) एक टक लगाएर हेरिरहँदा पनि परिवर्तनको आदि अन्त थाहा हुँदैन ।

'अश्विनौ'–फेरि रूपको प्रभा हेर । त्यसको प्रस्फुटन छटाले अर्कोलाई चम्काइदिन्छ, त्यसले पनि आफ्नो छटाले चम्काउने लाई पनि चम्काइदिन्छ । मनो मोहकरी यो आश्चर्यमय रूप हेर ।

'मरुत्' – फेरि त्यो हेर, ती सबै टुक्रिएर भंग भएर झिलिमिली झिलिमिली सागर तरंग ज्योतिको लहर, जस्तै एकोनपञ्चाशत् पवन अनन्त सागरको अनन्त वक्षमा चन्द्र, सूर्य, अग्नि विद्युत्को घोल मेलले मत्त भएर होली खेल्छन्, केबल यत्ति मात्र हैन परन्तु अरू पनि कति अदृष्टपूर्व, जसलाई अ साधक अवस्थामा कहिल्यै कसैले देख्न पाउँदैन, त्यसलाई तिमीले हेर । अहो कस्तो आश्चर्य हो ! हे भारत ! चिज्ज्योतिनिविष्टचित्त साधक ! हेर हेर, कस्तो आश्चर्य व्यापार छ हेर !!

  इहैकस्थं जगत् कृत्स्नं पश्याद्य सचराचरम् ।
    मम देहे गुडाकेश यच्चान्यद् द्रुष्टुमिच्छसि ।। ७ ।।

अन्वय र अर्थ – गुडाकेश = हे गुडाकेश ! अद्य =  आज, सचराचरं =  चर अचर सहित, कृत्स्नं =  सम्रग्र, जगत् =  संसार, अन्यत् च =  अरू पनि, यत् =  जुन जय पराजय आदि दृश्य, द्रष्टुं =  देख्नलाई, इच्छसि =  चाहान्छौ, (तत् =  त्यो) इह = यो,  मम = मेरो, देहे = शरीरमा, एकस्थं = अवयव रूपले एकत्र रहेको, पश्य = हेर ।

भावार्थ – हे गुडाकेश ! मेरो यस देहमा आज चर अचर सहित समस्त जगत् र अरू पनि जे कुरा तिमीलाई हेर्ने देख्ने इच्छा छ, ती समस्तलाई अवयवरूपले एकत्र अवस्थित छन्, हेर ।

विशिष्टार्थ – हे गुडाकेश ! यो जुन सचराचर जगत् छ (चर = जीव समूह, अचर = स्थावर, जो चल्न सक्दैनन्) यी समस्त नै मेरो शरीरभित्र एकठा कसरी रहन्छन्, हेर । अरू पनि हेर  भूत, भविष्यत् वर्तमान कालको घटनाहरूका दृश्यहरू (तिम्रो साधना समरका जय पराजय संशय छेदन आदि) जे तिम्रो इच्छा छ, त्यही हेर ।

    न तु मां शक्यसे द्रष्टु मनेनैव स्वचक्षुषा ।
    दिव्यं ददामि ते चक्षुः पश्य मे योगमैश्वरम् ।। ८ ।।

अन्वय र अर्थ – तु = किन्तु, अनेन एव = यिनै, स्वचक्षुषा = आप्mना आँखाले, मां = मलाई, द्रष्टुं = देख्न, न शक्यसे = सक्ने छैनौ, (अतः = त्यसकारण), ते (तुम्यं) = तिमीलाई, दिव्यं = दिव्य, चक्षुः = आँखा, ददामि = दिन्छु, मे = मेरो, ऐश्वरं = असाधारण, योगं = अघटन घटन सामथ्र्य योगलाई, पश्य = हेर ।

भावार्थ – परन्तु तिमी यी दुबै आँखाले मलाई देख्न असमर्थ छौ, अतएव म तिमीलाई दिव्य चक्षु दिन्छु,  त्यसले मेरो असाधारण योग बललाई हेर ।

आकासीय फूलको माला, आकाशीय वस्त्र, रूपको ज्योतिले जाज्वल्य मान छन् । आकाशमा कुङ्कुम कस्तूरी चन्दनको लेपन समस्त नै आश्चर्य जनक छ । छाया हीन ज्योतिर्मय मूर्ति छ ! एक दुई हैन, अनेक, असंख्य; विश्व कोषमा जे जति ज्ञात अज्ञात छ, त्यो सबै प्रकट भएको छ ।

विशिष्टार्थ–यी जुन तिम्रा दुई आँखा छन्, यिनीहरुले तिमी केबल वाह्य वस्तु (प्राकृतिक स्थूल पदार्थ) देख्न सक्छौ, तिनीहरूले 'म'  लाई देख्न सक्दैनौ । 'म'  को योग (ममा माया कसरी मिल्छे, तथा उत्पन्न हुन्छे, कस्तो खेल खेल्छे) देख्नु छ भने यी दुई चर्म चक्षुहरूबाट काम चल्दैन । तिमीलाई म यस्तो आकाश सदृश चक्षु दिन्छु (आठौं अ. को तेस्रो श्लोक तद् ब्रम्ह हेर्नुहोस्) जसद्वारा तिमी मेरो योग र ऐश्वर्यलाई देख्न पाउनेछौ, लौ हेर । (अष्टम अ. मा दीक्षाका समस्त उपदेशहरू गरेर पनि प्रकृत दीक्षा– ज्ञान चक्षुको उन्मीलन क्रिया यहीबाट नै भएको छ, किन कि दीक्षाको अर्थ फल प्रत्यक्षीकरण यहाँ प्रारम्भ हुन्छ । दीक्षाको यो अर्थ फललाई लक्ष्य गरेर नै गुरु देवलाई– 'चक्षुरुन्मीलितं येन तस्मै श्री गुरवे नमः' भनेर प्रणाम गरिन्छ ।

सञ्जय उवाच–
 एवमुक्त्वा ततो राजन् महायोगेश्वरो हरिः ।
    दर्शयामास पार्थाय परमं रूपमैश्वरम् ।। ९ ।।

अन्वय र अर्थ – संजय उवाच = संजयले भने । राजन् = हे राजन् ! महायोगेश्वरः = महायोगेश्वर, हरिः = भगवान् श्रीकृष्णले, एवं = यस प्रकारले, उक्त्वा = भनेर, ततः = त्यसपछि, पार्थाय = पृथापुत्र अर्जुनलाई, परमं = परम, ऐश्वरं = ईश्वर तत्व युक्त, रूपं = विराट् रूप, दर्शयामास = देखाउनु भयो ।

भावार्थ – संजयले भने – हे राजन् ! महायो गेश्वर हरिले यसरी भनेर पार्थलाई परम ऐश्वरिक रूप देखाउनु भयो ।

विशिष्टार्थ – सं+जय = संजय, अर्थात् भूत प्रपञ्चलाई कारण, कार्य, गुण र अर्थका साथ परिज्ञात गर्दा जुन स्थिति हुन्छ त्यो नै सञ्जय अवस्था हो । साधकहरू जब आज्ञा चक्रमा  रहेर निम्न दृष्टिले भूत जगत्को लीला हेर्द् छन् तब मात्र उनीहरूको विषय मात्रामा सम्पूर्ण अनासक्त भाव रहन्छ, त्यो अनासक्त दृष्टि नै दिव्य दृष्टि हो र त्यो नै साधकको सञ्जय अवस्था हो । यस अवस्थामा रहेर त्यस दिव्य दृष्टिबाट जे जस्तो प्रत्यक्ष अनुभव हुन्छ, त्यसैलाई नै  'सञ्जय उ वाच' भनेर व्यक्त गरिएको छ । यो सबै मनै मनको कुरा हो । यस अवस्थामा मन नै वक्ता तथा मन नै श्रोता हो । वक्ता अवस्थामा सञ्जय र श्रोता अवस्थामा धृतराष्ट्र– देह राज्यको सुख दुःखको भोक्ता हुनाले राजा हो । महान् भन्दा पनि महान् योगेश्‍वर हरिले (जसले सर्वलाई हरण गर्नुहुन्छ) अर्जुनलाई दिव्य चक्षु दिएर 'परम' जुन ईश्वर तत्व हो, त्यसैलाई देखाइदिनुभयो ।

    अनेक वक्त्रनयनमनेकाद्भुत दर्शनम् ।
    अनेकदिव्याभरणं दिव्यानेकोद्यतायुधम् ।। १० ।।

    दिव्यमाल्याम्बरधरं दिव्यगन्धानुलेपनम् ।
    सर्वाश्चर्यमयं देवमनन्तं विश्वतोमुखम् ।। ११ ।।

अन्वय र अर्थ – (तत् रूपं एवं भूतं = त्यो रूप यस्तो थियो) अनेकवक्त्रनयनं = अनेक मुख र नेत्र भएको, अनेकाद्भुतदर्शनं = अनेक अद्भुत दर्शनले युक्त, अनेकदिव्याभरणं = अनेक दिव्य आभूषण धारण गरेको, दिव्यानेकोद्यतायुधं = अनेक दिव्य अस्त्रहरूले सुसज्जित, दिव्यमाल्याम्बरधरं = दिव्यमाला तथा वस्त्रहरू धारण गर्ने, दिव्यगन्धानुलेपनं = दिव्य गन्ध अनुलेपित, सर्वाश्चर्यमयं = समस्त आश्चर्यमय दृश्यले युक्त, देवं (द्योतनात्मकं) = दीप्तिमय, अनन्तं = अनन्त (अपरिच्छिन्न), विश्वतोमुखं (सर्वतः मुखविशिष्टं) = सबैतिर मुख भएको ।

भावार्थ – त्यो रूप अनेक मुख र नयन युक्त, अनेक अद्भुत दर्शन विशिष्ट, अनेक दिव्य आभरण विशिष्ट, अनेक उद्यत दिव्य अस्त्र विशिष्ट, दिव्य माल्य र वस्त्र धारी, दिव्यगन्धानुलेपित, सर्वाश्चर्यमय,  दीप्तिमय, अनन्त र सर्वत्र मुख विशिष्ट छ ।

विशिष्टार्थ – अनेक मुख, अनेक नयन, अनेक अद्भुत दर्शन (जसको साधनावस्था पूर्वमा अनि कहिल्यै दर्शन नभएको), अनेक आभरण, अनेक अस्त्र शस्त्र धारण गरिरहेका यस्ता समस्त रूप आकाश निर्मित छन् । आकासीय फूलको माला, आकाशीय वस्त्र, रूपको ज्योतिले जाज्वल्य मान छन् । आकाशमा कुङ्कुम कस्तूरी चन्दनको लेपन समस्त नै आश्चर्य जनक छ । छाया हीन ज्योतिर्मय मूर्ति छ ! एक दुई हैन, अनेक, असंख्य; विश्व कोषमा जे जति ज्ञात अज्ञात छ, त्यो सबै प्रकट भएको छ । (१० औं अर ३५ औं श्लोक मा विश्वतो मुख हेर्नुहोस्) ।

    दिवि सूर्यसहस्रस्य भवेद्युगपदुत्थिता ।
    यदि भाः सदृशी सा स्याद्भास स्तस्य महात्मनः ।। १२ ।।

क्रमश: