गीतकार टीका चाम्लिङको नयाँ गीत ‘ओ नाना ताया’ सार्वजनिक (भिडियोसहित)

गीतकार टीका चाम्लिङको नयाँ गीत ‘ओ नाना ताया’  सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  जेठ २९, २०७९

काठमाडौँ । प्रसिद्ध गीतकार टीका चाम्लिङको रचनामा ‘ओ नाना ताया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राई नवीनको सङ्गीत र सुन्दर रोदुङको आवाज रहेको सुमधुर गीतको भिडियो आदिम आवाज अनलाइन टिभीको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा दश वर्षे सशस्त्र आन्दोलनमा एक सामान्य परिवारले भोग्नु परेको पीडाको कथा बुनिएको छ ।  

गीतमा सङ्गीत संयोजनमा नोर्वु शेर्पा, रेकर्डिष्टमा पदम रजान मगर, मिक्सिङ तथा मास्टरिङमा मुस्कान मुकारुङ रहेका छन् । गीत सेवा डिजिटल रेकर्डिङ, अनामनगरमा रेकर्ड गरिएको हो भने भिडियोको छायांकन खोटाङको नुनथला क्षेत्रमा गरिएको छ । भिडियोमा पहिलो पटक प्रमुख भूमिकामा प्रमिला राई, इसम्बु चाम्लिङ राई, सुम्निमा चाम्लिङ राई, कुमार राई, रोशन किशोर राई, मनोज तामाङ, पवित्रा राई, विनोद राई, नितेश राई, नीलम राई, प्रीतिका राई, मनिका तामाङ र बालकलाकारका रूपमा नाकिमा चाम्लिङ राई  प्रस्तुत भएका छन् । यसै गरी भिडियोमा सहायक कलाकारको भूमिकामा मीना राई, सन्ध्या राई नेम्बाङ, पुष्प राई, ब्रुनाइ राई ‘विसुधा’, लीला राई, गङ्गा राई, किरण राई, पवन राई, भावना तामाङ, सक्सेस तामाङ र सजिना तामाङ रहेका छन् । सबै कलाकारले पहिलो पटक भिडियोमा अभिनय गरेका हुन् ।  

भिडियोमा क्यामेरा तथा ड्रोन सञ्चालन टार्जन लिम्बूले गरेका हुन् भने लाइटस् जयन्द्र कुँवर र रङ संयोजन तथा सम्पादन दिपेन बस्न्यातको रहेको छ । भिडियोको कथा तथा परिकल्पना गीतकार चाम्लिङ स्वयंको रहेको छ ।

भिडियो निर्माणका लागि युकेबाट चन्द्र ‘सिबी’ राई, ध्रुबकुमार राई, रक्ष राई, सरिता राई ‘नाना’, देवीकला राई, हङकङबाट दीपक राई र सिङ्गापुरबाट तेज राईको सहयोग रहेको छ । 
सार्वजनिक ‘ओ नाना ताया’  भिडियो यहाँ क्लिक गरेर हेर्न र  सुन्न सकिन्छ ।