दलहरुमा ऐँठन: घेराबन्दीको चेपुवा र चुनौतीका चाङमाथि  'चर्चित स्वतन्त्र' मेयर !

लोकसंवाद टिप्पणी

दलहरुमा ऐँठन: घेराबन्दीको चेपुवा र चुनौतीका चाङमाथि  'चर्चित स्वतन्त्र' मेयर !

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २९, २०७९

स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिना भएको छ । यसपटक विभिन्न पार्टीबाट विद्रोह गरेकासहित १३ जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

स्वतन्त्र उम्मेदवारमध्ये सबैभन्दा बढी चर्चामा भने काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र साह, धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित हर्कराज राई र धनगढी उपमहानगरपालिकाको मेयरमा निर्वाचित गोपाल हमाल रहे ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिहरुले काम सुरु गरे पनि उनीहरुको कामको मूल्यांकन सुरु गर्ने बेला अझै भइसकेको छैन । तर निर्वाचनपछि भने ११ जना स्वतन्त्र उम्मेदवार भएर विजयी भएकाहरु चर्चामा छैनन् । तर सुरुवाती चरणमा स्वतन्त्र 'मेयर' काम गर्न नदिने गरी दलहरुमा ऐँठन भइरहेको छ भने दलीय  घेराबन्दीको चेपुवा र चुनौती चाङ तेर्स्याएर अबरोध गर्ने काम प्ररम्भ भइ सकेको छ । 

गोपाल हमाल

निर्वाचनपछि गुमनाम स्वतन्त्र मेयरमा धनगढीका गोपाल हमाल पनि छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार नृपबहादुर बडलाई फराकिलो अन्तरले पराजित गर्दै धनगढीको मेयरमा निर्वाचित भएका कारण उनी चर्चामा थिए । लामो समयदेखि धनगढीमा क्रियाशील हमाल लोकप्रिय उम्मेदवारका रुपमा मेयरमा विजयी भए पनि त्यसपछि भने उनी गुमनाम जस्तै छन् । उनले आफू सहभागी भएका कार्यक्रमहरूका बारेमा सामाजिक सञ्जालमार्फत जानकारी दिने गरेका छन् ।

निर्वाचनमा उनले पाएको निर्वाचन चिन्ह आँप र क्रम संख्या ३५ लेखिएको कभर फोटो समेत उनले अझै हटाएका छैनन् । मेयरमा निर्वाचित भइसकेपछि एक पटक भारत गएको जानकारी सामाजिक सञ्जालमार्फत नै दिएका हमाल राष्ट्रिय मिडियामा भने छाएका छैनन् । धनगढी उपमहानगरभित्रका काममा भने उनी सक्रिय छन् । स्थानीयस्तरमा भेटघाट, छलफल र औपचारिक कार्यक्रमहरुमा सहभागी भइरहेका छन् । त्यो भन्दा बाहेक उनले धनगढीमा नयाँ कुनै योजना अघि बढाएको देखिएको छैन । 

हर्कराज राई

स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेका धरानका हर्कराज राई निर्वाचित भएपछि पनि निरन्तर राष्ट्रिय मिडियामा समेत समाचार बनिरहेका छन् । धरानमा एक्लैजस्तो चुनावी अभियान सञ्चालन गरेका राईले लामो समयदेखि धरानमा रहेको खानेपानीको समस्यालाई उठान गर्दै आएका थिए । सोही अनुसार उनी निर्वाचित भएपछि लगाएको अबिर समेत नपखाली धरानको खानेपानी ल्याएको सर्दु जलाधार क्षेत्रमा पाइप जोड्न पुगेका थिए । त्यसयता पनि उनले निरन्तर खानेपानीको मुद्दालाई अघि बढाइरहेका छन् ।

तत्काल बञ्चरेडाँडामा फोहोर फाल्न सहमति भए पनि त्यसको दीर्घकालीन समाधानको खोजी गर्नुपर्ने दायित्व उनको काँधमा छ । काठमाडौं राजधानी सहर भए पनि यहाँको अव्यवस्थित सहरीकरण, बजार र सडकका कारण राजधानी नामलाई नै गिज्याइरहेको भान हुन्छ । त्यसमाथि मौसमी रुपमा हुने विकास र एउटै सडक वर्षमा तीनदेखि चार पटकसम्म खनिने कार्यले यहाँ सदाबहार विकास भइरहन्छ ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक आव्हान नै गरेर उनले औपचारिक र सम्मान कार्यक्रममा आफू सहभागी हुन नसक्ने भन्दै नबोलाइ दिन आग्रह गरेका थिए । उनको धेरै ठूला एजेन्डा छैनन् । उनी आफ्नो कार्यकालमा धराने जनतालाई पर्याप्त पानी ल्याउने र धरानको वस्ती र खोला संरक्षण गर्ने अठोटमा छन् । उनले धरानमा पाँच दलीय गठबन्धनका उम्मेदवार कांग्रेसका किशोर राईलाई हराएका हुन् । हरेक पटक धरानमा खानेपानीको विषय निर्वाचनको मुद्दा बन्ने, तर निर्वाचनपछि सेलाउने गरेको छ ।

त्यसैले पनि यसपटक धरानमा खानेपानीको हाहाकार हुने समय वैशाख ३० गते खानेपानीको एजेन्डा बोकेका हर्कराज राईले बाजी मारे । निर्वाचित भएपछि निरन्तर खानेपानीको मुद्दा उठाइरहेका उनले सर्दु जलाधार क्षेत्रको संरक्षणको विषय पनि उठान गरिरहेका छन् । शनिबार बिहानमात्रै उनी वृक्षारोपण कार्यक्रममा सहभागी भए ।

सेउती र सर्दुखोलाको बिचमा रहेको धरानलाई बचाउन खानेपानीको जरुरत भएजस्तै नदी कटान र नदीजन्य वस्तुको दोहन रोक्नुपर्ने चुनौती उनलाई छ । यसअघि नदीजन्य वस्तु निकाल्ने विषयमा वडाध्यक्षहरु सँग नगर कार्यपालिका बैठकमै चर्काचर्की परेको थियो । त्यसयता वडाध्यक्षहरु सहभागी नहुँदा कोरम नपुगेर कार्यपालिकाको बैठक बस्न सकेको छैन ।

कार्यपालिकाको बैठक लाइभ गराएका उनी काम सँगसँगै प्रचारप्रसारमा जुटिरहेका हुन्छन् । उनी बिहानैदेखि बेलुकै सम्म सामाजिक सञ्जाल फेसबुकमा सक्रिय छन् । बेलाबेलामा उनको यो सक्रियताको विरोध समेत हुन थालेको छ । काम भन्दा बढी प्रचारमा लागेको भन्दै उनको आलोचना हुन थालेको हो । आफ्नो कामप्रति इमान्दार देखिएका हर्कराज राई आफ्नो हकी स्वभावकै कारण बेलाबेलामा समस्यामा पर्दै आएका छन् । 

बालेन्द्र साह

यसपटकको स्थानीय तहको निर्वाचनमा अप्रत्यासित नतिजा ल्याउने मध्ये प्रमुख हुन् बालेन्द्र साह । देशका ६ वटामध्ये एक र देशकै राजधानी रहेको काठमाडौं महानगरपालिकामा उनले कांग्रेस एमालेजस्ता ठूला दलको बर्चश्व तोड्दै स्वतन्त्रबाट विजयी भए । निर्वाचन अघिसम्म उनी विजयी हुनेमा कमैले मात्रै विश्वास गरेका थिए ।

तर सबैलाई चकित पार्दै विजयी भएका बालेन्द्र साह कार्यभार सम्हालेदेखि नै केही कूटनीतिक देखिएका छन् । उनले यो बिचमा काठमाडौंको फोहोर व्यवस्थापनका लागि कोशिस गरे । नुवाकोटको सिसडोल पुगेर स्थानीयवासीसँग छलफलसँगै उनले प्रमुख दलका नेताहरुसँग समेत भेटेर छलफल गरेका थिए । काठमाडौंमा फोहोर बढेर बर्षाको समयमा हैजा फैलिने खतरा बढिरहँदा मेयर साहका लागि काठमाडौंको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

तत्काल बञ्चरेडाँडामा फोहोर फाल्न सहमति भए पनि त्यसको दीर्घकालीन समाधानको खोजी गर्नुपर्ने दायित्व उनको काँधमा छ । काठमाडौं राजधानी सहर भए पनि यहाँको अव्यवस्थित सहरीकरण, बजार र सडकका कारण राजधानी नामलाई नै गिज्याइरहेको भान हुन्छ । त्यसमाथि मौसमी रुपमा हुने विकास र एउटै सडक वर्षमा तीनदेखि चार पटकसम्म खनिने कार्यले यहाँ सदाबहार विकास भइरहन्छ ।

तर हरेक पटकको यस्तो विकासले जनता भने आजित भइसकेका छन् । खानेपानी, सडक, विजुली, टेलिकमजस्ता निकायसँग समन्वय गरी विकासका कार्य एकपटक सञ्चालन गरी पूर्णता दिनुपर्नेमा यस्ता निकायहरु बीच नै समन्वयमा चरम समस्या रहेको छ । जसका कारण जनताले सास्ती भोग्नुपरेको छ । त्यसकारण पनि यसलाई राजधानीका रुपमा विकास गर्न सहज छैन । उनले मेयर बनेपछि सेनापतिदेखि राजनीतिक दल, उद्योगी, बैंकरदेखि राजदूतसम्मलाई भेट गरेका छन् । उनले यस्ता भेटलाई काठमाडौंलाई आधुनिक सहरका रुपमा विकास गर्न प्रयोग गर्न सके फलदायी बन्नेछ ।