महानगरपालिकाले १० वटा स्मार्ट शौचालय संचालनमा ल्याउने, शौचालय प्रयोग गर्न दिने संस्थालाई कर छुट नदिने

महानगरपालिकाले १० वटा स्मार्ट शौचालय संचालनमा ल्याउने, शौचालय प्रयोग गर्न दिने संस्थालाई कर छुट नदिने

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २९, २०७९

काठमाडौं महानगरपालिकाले थप १० वटा नयाँ स्मार्ट शौचालय संचालनमा ल्याउने भएको छ । 

सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेपछि महानगरपालिकाले १० वटा सार्वजनिक स्मार्ट शौचालय संचालन गर्न लागेको हो । 

‘छिट्टै स्मार्ट ट्वाइलेट सुचारु हुन्छ । १० वटा नयाँ ट्वाइलेट संचालनमा ल्याइनेछ’, आइतबार बसेको काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै महानगरका प्रमुख बालेन्द्र साहले भने । 

काठमाडौं महानगरभित्रका केही संस्थाहरूले आफ्ना शौचालयहरू स्वस्फुर्त रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने निर्णय गरेको उनले बताए । 

यस्ता संस्थाहरूले कार्यालय समयमा आफ्नो शौचालय सर्वसाधारणलाई पनि प्रयोग गर्न दिने उनले जनाए । शौचालय प्रयोग गर्न दिने संस्थालाई कर छुट नदिइनेसमेत उनले बैठकमा स्पष्ट पारे । 

आफ्नो शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिने संस्थाहरूलाई हरेक ४/४ महिनामा महानगरले सरसफाइ सामग्री उपलब्ध गराउने उनले बताए ।