त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल: आन्तरिक टर्मिनलको नयाँ प्रस्थान कक्षको उद्घाटन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल: आन्तरिक टर्मिनलको नयाँ प्रस्थान कक्षको उद्घाटन

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २९, २०७९

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल भवनको विस्तारित प्रस्थान कक्षको  उद्घाटन भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण गरेको उक्त कक्षको संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उद्घाटन गर्नुभएको हो ।  उद्घाटनको सन्दर्भमा मन्त्री आलेले यात्रुले उभिन नपर्ने र पाँच मिनेटमा  नै आफ्नो लगेज लिएर जान सक्ने गरि स्ट्यान्डर्ड मेन्टेन गर्न पनि  कर्मचारीलाई निर्देशन दिनुभयो । टर्मिनल  भवन एक वर्षभित्र निर्माण गर्ने ठेक्का लिएको कम्पनीलाई मन्त्री आलेले सकेसम्म नौं महिनाभित्र काम सक्ने वातावरण मिलाउन पनि  आग्रह गर्नुभयो।

मन्त्री आलेले आफू पदमा रहुन्जेल कसैको शिर ननिहुरिने गरि काम गर्ने भन्दै कुर्सी अस्थायी भएकाले जति दिन बसिन्छ त्यति दिन राम्रो काम गर्न लागिरहेको उहाँको भनाइ थियो।
यसअघिको प्रस्थान कक्ष निकै साँघुरो र फोहोर देखिएकाले नयाँ निर्माण गरिएको बताइएको छ ।