खुकुरी प्रहार गरी भाइको हत्या आरोपमा  देबराज धामी पक्राउ

सुनसरी ।भाइको हत्या गरेको आरोपमा प्रहरीले बराह क्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतबार बिहान पक्राउ गरेको छ । 

चुरोटको निहुँमा भएको झगडामा १८ वर्षीय भाइ देव कुमार धामीको उनले हत्या गरेको प्रहरीले जनाएको छ । 

देबराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

गम्भीर घाइते देव कुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।