अर्थमन्त्री जनार्दन शर्मा ज्यू, ओरालो लागेको शेयर बजार उकास्ने कि राजीनामा दिने ?

अर्थमन्त्री जनार्दन शर्मा ज्यू, ओरालो लागेको शेयर बजार उकास्ने कि राजीनामा दिने ?

उमेश थापा  |  दृष्टिकोण  |  जेठ २९, २०७९

अर्थमन्त्री जर्नादन शर्माका कारण शेयरमा लगानी गर्ने व्यक्तिहरू डुबेर सडक छाप हुन लागेका टिप्पणी आइरहेका छन् । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको परिवार र आफन्तका नाममा विभिन्न ४ लाख कित्ता शेयर छ । पहिला आफ्नो शेयरको मूल्य बढाउनका लागि पनि    गर्भनरको ठूलो हात छ । बजारमा शेयर व्यापारीलाई शेयर खरिद गर्न लगाएर शेयरको मूल्य बढाएर जनता डुबाउनमा पनि गर्भनरको हात छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले शेयरमा लगानी गर्नु भनेको जुवा खेलेको बराबर हो भनेर भन्नु नै शेयर लगानीकर्ता डुब्ने कारक पनि हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले शेयर लगानीकर्ताहरूले माओवादी पार्टीलाई कमिसन नदिँदा रिसाएर पुष्पकमल दाहालले त्यस्तो भने ।

अहिले शेयरमा लगानी गर्ने मान्छेहरू लगानी डुबेर भागिसकेका छन् । शेयर धित्तो राखेर कर्जा दिने बैंक, फाइनान्स र सहकारीहरू डुबिसके । बैंक, फाइनान्स र सहकारीमा भएको पैसा निकाल्न पनि जनतालाई गाह्रो छ । शेयरका कारणले डिपोजिट गर्ने व्यक्तिहरू पैसा पनि दिन सकेको छैन । शेयरमा लगानी गर्ने मानिसहरूले शेयरको मूल्य बढ्छ भनेर सिधा जनतालाई फसाइरहेका छन् । सरकारले शेयर किनबेचमा बन्देज लगाएको छैन । नयाँ शेयरमा लगानीकर्ता डुबिरहेका छन् भने पुरानो शेयर लगानीकर्ताहरूले नयाँ लगानीकर्तालाई बेचेर कमाइरहेका छन् ।

तर, अहिले जनताले शेयर किन्न छाडिसके । सरकारकै कारणले शेयरमा लगानी गर्ने मानिसहरूको घर खेत डुब्यो । अहिले शेयरमा लगानी गर्नेहरू राजनीतिक पार्टीको सदस्यता लिएर आफैँ नेता बन्नका प्रधानमन्त्री, अर्थमन्त्री, गर्भनर र विभिन्न राजनीतिक दलका नेताहरूलाई भेट गरिरहेका छन् । शेयर लगानीकर्ताहरूलाई के चेतना आएन भने आन्दोलन गरेर मात्र शेयरको मूल्य वृद्धि ह्वात्तै बढ्दैन । जनताले अब शेयर किन्नु भनेको डुब्नु हो भने कुरा थाहा पाइसके । जनता बाठा भएर शेयर किन्न छाडेर शेयरको मूल्य घटेको हो । हिजो नाफा कमाएर वित्तीय संस्थाहरूले आँखा चिम्लिएर शेयर धितो राख्नेलाई जति पनि कर्जा दिए ।

कर्जा लिने शेयर लगानीकर्ताहरू भागिरहेका छन् । त्यसका कारण पनि वित्तीय संस्था डुब्यो । वित्तीय संस्थाहरू डुबे पनि जनतासँग डिपोजिट लिनका लागि हामी डुबेका छैनौँ भनेर जनतालाई ढाँटिरहेका छन् । वित्तीय संस्थामा व्यक्तिहरूले पैसा राख्न छाडिसके । वित्तीय संस्था भने डिपोजिट बढ्यो भनेर प्रचार गरिरहेका छन् । जनतामा अहिले धेरै चेतना आएको छ । वित्तीय संस्था र शेयर लगानीकर्ताको कुरा जनताले मान्नदैनन् । अझै पनि जनतामा चेतना कम भएको हो कि अहिले पनि थोरै भए पनि शेयर किनबेच भइरहेको छ । अर्थमन्त्री शर्माले शेयरको मूल्य वृद्धि हुन्छ भने पनि जनताले किन्दैनन् । अर्थमन्त्री शर्माको कुरा जनताले विश्वास गर्दैनन् । ३ हजार रुपैयाँ तिरेर किनेको १ कित्ता शेयर अहिले ३०० रुपैयाँमा बिक्री हुँदैन । शेयरमा लगानी गर्ने मानिसहरूको पैसा बालुवामा पानी मिसाए बराबर भयो ।

शेयरमा लगानी गर्नेहरू डिप्रेसनमा गइसकेका छन् । तर, अझै पनि शेयरको मूल्य बढ्छ भनेर शेयर खेलाडीहरूले प्रचार गरिरहेका छन् । अब जनतालाई ठग्न नपाइने हो भनेर शेयरको मूल्य बढाउने र घटाउने दलालहरूलाई अहिले रातमा निद्रा कि दिनमा भोक भइरहेको छ ।

शेयरका लगानीकर्ताहरूले कमाइ हुन्छ भनेर ऋण-धन गरेर शेयर त किने तर डुब्यो । लिएको ऋण तिर्न नसकेर भागे । हिजोका शेयरमा लगानी गर्नेहरू नाफा हुँदा कारमा हिँड्थे भने अहिले त सार्वजनिक सवारी साधनमा पो भेटिन्छन् ! हिजो खाजा र खाना खान महँगो ठाउँमा हुन्थे भने अहिले साधारण चिया पसलमा भेटिन्छन् । शेयरमा लगानी गर्ने मानिसहरूको घरमा रुवाबासी छ । हिजो नाफा हुने लोभमा खुसीका सीमा भएन भने अहिले घाटा हुँदा घर परिवार नै लथालिंग भएको छ । पुराना शेयर लगानीकर्ताहरू डुबेका देखेर नयाँ मानिसहरू डुब्नबाट बच्न खोज्ने हो कि ! अहिले बुटिक, चिया, रक्सी र किराना पसलमा शेयरले मलाई डुबायो भन्ने मान्छेहरू धेरै छन् ।

शेयरकै कारण पनि कतिको त डिभोर्स भएको कुरा पनि सुनिन्छ । यसरी शेयरमा लगानी गर्ने मानिसहरू डुब्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवा कानमा तेल हालेर बसिरहनुभएको छ । भूपू अर्थमन्त्री डा. युवराज खतिवडाले सय रुपैयाँमा किनेको शेयरलाई ३ हजार रपैयाँ हालेर किन्नु नै गलत हो भनेर भनेका थिए । युवराज खतिवडाले भनेको कुरा अहिले आएर पूरा भयो । शेयरमा लगानी गर्नेहरू बढेको दिन खुसी हुन्छन् भने घटेको दिन दुखी हुन्छन् । शेयरमा लगानी गर्नेहरू डिप्रेसनमा गइसकेका छन् । तर, अझै पनि शेयरको मूल्य बढ्छ भनेर शेयर खेलाडीहरूले प्रचार गरिरहेका छन् । अब जनतालाई ठग्न नपाइने हो भनेर शेयरको मूल्य बढाउने र घटाउने दलालहरूलाई अहिले रातमा निद्रा कि दिनमा भोक भइरहेको छ ।

अझै पनि पर्दाभित्र बसेर राजनीतिक पार्टीको आडमा शेयरको मूल्य बढाउनका लागि नेताको घर पुगिरहेका छन् । तर, नेताले शेयर किन्ने होइन, जनताले शेयर खरिद गर्ने हो । जनताले शेयर किन्न छाडिसके । अब कसरी शेयरको मूल्य वृद्धि हुन्छ भनेर विश्वास गर्ने ? घटेको शेयर कहिले बढ्छ ? यस्ता कुरामा जनता सतर्क हुनुपर्छ । आफैँसँग भएको पैसा शेयर किनेर डुबाउनुहुँदैन ।

सबै चिजमा जनतालाई चेत भयो भने दलाल र शेयरको दलालहरूले जनतालाई ठग्न सक्दैनन् । दलालहरू सरकारको ऐन, कानुन पनि नमान्ने र सिधा जनतालाई ठग्ने । यस्ता ठगहरूको अन्त्य जनताले नै गर्ने हो । बैंक, फाइनान्सहरू घाटामा हुँदा पनि नाफाको विवरण मात्र सार्वजनिक गरिदिँदा बैंक, फाइनान्सको शेयरको मूल्य पनि बढ्ने र डिपोजिट पनि बढ्ने । अहिले त्यसको घाटा जनता र शेयरमा लगानी गर्नेहरुले भोगि रहनुपरेको छ । कति सहकारी, फाइनान्स भागिसके । कति बैंक मर्ज गर्ने अवस्थामा छन् । तर, अहिले पनि जनताको पैसा पाए भने लिन छाडेका छैनन् । सहकारीमा अहिले जनताले पैसा राख्न छाडिसके । अर्थमन्त्री जर्नादन शर्माले राजीनामा दिने कि शेयरमा लगानी गर्नेहरूलाई डुबाउने ? अब नेपालको अर्थतन्त्रको हालत श्रीलंका जस्तो हुन्छ भनेर केपी ओलीले भनिसके ।